सर्लाही । किसानको उजुरीपछि प्रहरीले सर्लाहीको धनकौलमा सञ्चालनमा रहेको अन्नपूर्ण चिनी मिलका मालिक शैलेन्द्र गुप्ता र विनोद साह कलवारलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले किसानको उजुरीका आधारमा गत बिहीबार दुवै जनालाई नियन्त्रणमा लिएको हो।
सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार दुवै जनालाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको हो। उखु किसानले मिलले लामो समयदेखि आफूहरूको भुक्तानी नदिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । उखु किसानले वर्षौंदेखि आफ्नो बक्यौता रकम नपाएको गुनासो गर्दै आएका छन्। रकम भुक्तानी नहुँदा आफूहरू आर्थिक समस्यामा परेको किसानको भनाइ छ।























































