धुलाबारी । झापाको धुलाबारी माध्यमिक विद्यालयले सामाजिक परीक्षण प्रतिवेदन २०८२ सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच विद्यालय सञ्चालनको एक वर्षमा भएगरको आन्तरिक तथा सामाजिक परीक्षण सार्वजनिक गरेको हो । कार्यक्रममा १२ करोड ५८ लाख ०४ हजार १९६ रुपैयाँ आम्दानी र ११ करोड २५ लाख ५२ हजार ५०९ रुपैयाँ खर्च तथा १ करोड ३२ लाख ५१ हजार ६ सय ८७ रुपैयाँ ९६ पैसा बैंक मौज्दात रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् आन्तरिक लेखा परीक्षण समितिका संयोजक लेखनाथ शर्मा पराजुलीले जानकारीले आर्थिक प्रतिवेदन वाचन गरेका थिए ।
विद्यालयको प्राप्ति तथा भुक्तानी विवरणमा सरकारी अनुदानदेखि विद्यार्थी सहयोग, बस सेवा, दिवा खाजा, पाठ्यपुस्तक, बुक कर्नर, ‘पढ्दै कमाउँदै’ कार्यक्रम, ओजेटी, छात्रवृत्ति तथा क्लिनिक लगायतका शीर्षकमा आम्दानी गरेको छ भने प्रावि, मावि र उच्च माविका शिक्षकको तलब, बस कर्मचारी, बस मर्मत, बस भाडा, परीक्षा पाठ्यापुस्तक, अतिरिक्त पारीश्रामिक, कर, सुरक्षा गार्डको तलव, छात्रावत्ति, नमूना विद्यालय, खेलकुद लगायत अन्य शीर्षकमा खर्च भएको आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको विवरणअनुसार एक आर्थिक वर्षमा विद्यालयले ३ करोड ४९ लाख ६५ हजार १७ रुपैयाँ सरकारी अनुदान प्राप्त गरेको छ । स्कुल बसबाट प्राप्त आम्दानी, धान ठेक्का आम्दानी, विपन्न लक्षित छात्रावृति, प्राविधिक ल्याव, विरेन छात्रवृति दिवा खाजा, पाठ्यपुस्तक, बुक कर्नर, रियल प्लान, पढ्दै कमाउँदै कार्यक्रम र ओजेटी लगायतका शीर्षक आम्दानीमा देखाइएको छ।
‘पढ्दै कमाउँदै’ कार्यक्रमबाट ७ लाख रुपैयाँ तथा ओजेटीबाट १५ लाख ३० हजार रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख छ। विद्यालयको आम्दानी विवरणमा नमूना विद्यालय कार्यक्रमअन्तर्गत २० लाख रुपैयाँ, प्राविधिक ल्याब सामग्रीका लागि २ लाख रुपैयाँ, विपन्न लक्षित छात्रवृत्तिमा १ लाख २० हजार रुपैयाँ तथा विभिन्न छात्रवृत्तिका शीर्षकमा रकम उल्लेख गरिएको छ। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक तेजप्रसाद चौलागाईंले एक दर्जनबढी अक्षयकोषबाट संकलित रकमलाई एक करोड पुर्याउने लक्ष्य रहेको बताए । उनले उक्त अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिने भएको हुँदा समाजमा कुनै कारणको अभावले स्कुल जान बञ्चित भएका बालबालिका भए जानकारी गराउन अभिभावकलाई अनुरोध समेत गरे । कार्यक्रममा सहभागी विद्यार्थीका अभिभावहरुले विद्यालयले सुधार गर्नुपर्ने महत्वपूर्ण विषयमा ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगरका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीले विद्यार्थीको पठनपाठनसहित चौतर्फी विकासमा लागि अभिभावकले विद्यालय पुगेर शिक्षकसँग परामर्श गर्नुपर्नेमा जोड दिएका थिए । उनले विद्यार्थी आफ्ना नानीबाबुको उज्जवल भविश्य बनाउन शिक्षक र अभिभावकको सहभागिता तथा योगदान उत्तिकै महत्वपूर्ण बताएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय अभिभावक समितिका अध्यक्ष एश्वर्य मैनाली कडरिया, मंगलशिंह दास, अमृता चाम्लिङ, शिक्षक चेतन निरौला, सर्मिला नेम्बाङ निर्मला चाम्लिड, प्रतिमा दासलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महेन्द्र नेम्बाङले गरेका थिए ।





