मेचीनगर । सहयोगी मनहरू नेपाल, दमक झापाले दसैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानसँगै ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ। झापाको मेचीनगर नगरपालिका–९ स्थित कवि शिरोमणि माध्यमिक विद्यालय, खुकटेडाँगीमा आयोजित कार्यक्रममा वडाका ३० जना असहाय तथा अशक्त ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो।IMG-20261011-WA0017

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्य तथा वडा नम्बर ९ का अध्यक्ष कञ्चन तामाङको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा १३ जना पुरुषसहित ३० जना ज्येष्ठ नागरिकलाई जनही एक थान सिरक र एक जोर लुगा प्रदान गरिएको थियो।

दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष प्रकृति खड्काले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संयोजक प्रतीक्षा पराजुलीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन्। कार्यक्रमको सञ्चालन संस्थाका सचिव विष्णु उप्रेतीले गरेका थिए।IMG-20261011-WA0023

सम्मान सामग्री वितरण गर्दै प्रमुख अतिथि बुढाथोकीले संस्थाका गतिविधिलाई आफूले नजिकबाट नियालिरहेको बताए। उनले मानवीय सेवाका क्षेत्रमा स्थानीय सरकारले संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। हरेक क्षेत्रमा स्थानीय सरकारको उपस्थिति महत्त्वपूर्ण भए पनि त्यो मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले सामाजिक संस्थाका कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय सरकारले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।IMG-20261011-WA0029

यसैगरी, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रकी केन्द्रीय सदस्य संगीता थापाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको आदरभाव मात्र नभई समाजप्रतिको उत्तरदायित्वसमेत उजागर गरेको बताइन्। उनले संस्थाले सञ्चालन गर्ने सामाजिक कार्यमा आफूले पनि सहयोग गर्दै आएको स्मरण गराउँदै यस्ता मानवीय सेवाका गतिविधिको प्रशंसा गरिन्।IMG-20261011-WA0021

संस्थाका तर्फबाट चाडपर्वको शुभकामना व्यक्त गर्दै पुष्पराज भट्टराईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताप्रति आभार व्यक्त गरे। उनले संस्थाले आयोजना गर्ने सामाजिक गतिविधि सहयोगी दाताहरूको साथ र सहयोगबाट सम्पन्न हुँदै आएको बताए।

उनका अनुसार विदेशमा रहेका ठाकुर भण्डारी, गोपालजंग विष्ट र लक्ष्मण भण्डारी तथा सामाजिक व्यक्तित्वहरू संगीता थापा, विष्णु बुढाथोकी र सुमन कटवालले कार्यक्रमका लागि सहयोग गरेका थिए।IMG-20261011-WA0018

कार्यक्रममा सामाजिक व्यक्तित्व नेत्र न्यौपाने, संस्थाका कोषाध्यक्ष सीता तिम्सिना, सीता पौड्याल, दिलु दाहाल, मदन आचार्य, जानुका ओली, राजेश शिवाकोटी, अमृता गौतम र अर्जुन श्रेष्ठलगायतको उपस्थिति थियो।

सामाजिक सद्भाव कायम गर्दै दुःखी, असहाय तथा विपन्न नागरिकको सहयोगमा सहभागी हुँदै आएको संस्थाले अनावश्यक खर्च कटौती गरी सामाजिक कार्यमा हातेमालो गर्न सबैलाई आग्रह गरेको छ। IMG-20261011-WA0015