मेचीनगर । झापामा भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएको ५ लाख ६१ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–११ स्थित धाइजन इलाकामा भन्सार छलीका सामान बरामद गरेको हो ।

मिति २०८३ मंसिर १४ गते भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद सामानमा लत्ताकपडा, भाँडावर्तन तथा अटो बरामद रहेका छन् । उक्त सामानको अनुमानित मूल्य ५ लाख ६१ हजार ४०० रुपैयाँ रहेको जनाइएको छ ।

बरामद सामान आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।