काठमाडौं । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा आठवटा सवारी दुर्घटनामा परेका छन्।
जंगलको बाटोमो तीव्र गतिमा रहेका सवारी एकआपसमा ठोक्किएका हुन्। अक्सफोर्ड कलेजको बस, शव बोकेको बोलेरो भ्यान, चार मोटरसाइकल र एक स्कुटर पनि दुर्घटनाग्रस्त भएका हुन्। ५ जना गम्भीर घाइते भएका छन् ।
स्थानीयले सामाजिक सञ्जालमा राखेको तस्बिर र भिडियोमा दुर्घटना निकै भयानक देखिएको छ। दुर्घटनास्थलमा प्रहरी पुगिसकेको छ।
स्थानीयले घाइतेको उद्धार थालिसकेका छन्। घाइतेहरूलाई स्थानीय अस्पताल पुर्याउने क्रम जारी छ। बस तीव्र गतिमा भएका कारण दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।























































