बिर्तामोड । अनलाइन ठगी र ह्याकिङमा परेकाहरुको रकम बिर्तामोड प्रहरीले फिर्ता गराएको छ । अनलाइन ठगी र ह्याकिङमा परेका १७ जनाको १३ लाख ११ हजार ६०० रुपैयाँ फिर्ता गराइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकले बताए । स्क्यामरले ठगी गर्न लागेको रकम प्राविधिक र बैंकिङ प्रक्रियाबाट फिर्ता गराइएको उनले जानकारी दिए । उनका अनुसार अनलाइन ठगी, ह्याकिङ आदिको पैसा सम्बन्धित निवेदकको खातामा फिर्ता गराइएको हो । त्यस क्रममा एकजना स्क्यामरविरुद्ध मुद्धा चलाइएको छ । त्यस्तै विभिन्न व्यक्तिहरुको हराएको मोबाइल पनि फेला पारी प्रहरीले आजै फिर्ता दिएको छ । हराएका १६ जनाको मोबाइल फेला पारी फिर्ता दिएको डीएसपी पाठकले जानकारी दिएका छन् ।