झापा १२ भदौ । मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ बर्षीय डा. निरज यादवको मंगलबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनको विहान पूर्व–पश्चिम राजमार्गको मोरङ उर्लावारीमा टिपरको ठक्करबाट मृत्यु भएको हो । 

डा. यादव सवार प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र–३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिँदा घाइते भएका थिए । घाइते उनको मदन भण्डारी अस्पताल मंगलबारेमा उपचारकै क्रममा मृत्य भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

एमबीबीएस डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । घर पुगेर हस्पिटलको ड्युटीमा फर्कने क्रममा उनि दुर्घटनामा परेको हो ।