दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो । आज बिहान ५ बजेर २० मिनेटमा उनको निधन भएको जनाइएको छ । उनलाई बचाउनका लागि ४५ मिनेटसम्म लगातार सीपीआर दिइएको थियो ।नाना पाटेकर हिन्दी र मराठी सिनेमाका चर्चित अभिनेतामध्ये एक थिए । उनको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो । उनी अभिनेता मात्र थिएनन्, फिल्म निर्माता, निर्देशक तथा लेखकका रूपमा पनि सक्रिय रहे ।