पाल्पा । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि पहिरो खसेको प्रहरीले जनाएको छ ।
स्कार्पियोमा रहेका ८ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । अझै केही च्यापिएको हुन सक्ने प्रहरीले बताएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






















































