बिराटनगर । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि कोशी प्रदेश सरकारविरुद्धको रिटउपर अन्तिम सुनुवाइ आज नहुने भएको छ।
यसअघिको प्रारम्भिक सुनुवाइमा पनि आफु रहेका कारण पूर्ण सुनुवाइ हेर्न उनले नमानेका हुन्।
पूर्ण सुनुवाइको लागि शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा उक्त रिट परेको थियो।
गत भदौ ६ गते प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भनेको थियो।























































