बाहुण्डाँगी । झापा मेचीनगर-३ दोकानडाँडाका बस्नेत दाजुभाई शनिबार औंधी खुसी देखिन्थ्ये । उनीहरु दुबैजना अशक्त छ्न् । तर,शनिबार दुबैजना औंधी खुसी भएका थिए । स्थानीय युवाहरुले नयाँ घर बनाइदिने भएपछि अशक्त बस्नेत दाजुभाईमा खुसी छाएको हो । आर्थिक अवस्था कमजोर भएका दुबै जना छत्रबहादुर बस्नेत (ठूले) र प्रदिप बस्नेत बस्ने घर निर्माणका लागि शिल्यान्यास गरिएको हो ।

IMG_20230902_141443

दुबै दाजुभाई शारीरिक र मानसिक रुपमा कमजोर छ्न् । ओत लाग्ने घरमा पानी पर्न थालेपछि टिन चुहिएर सबै पानी घरभित्र पस्थ्यो । घर बनाउन वा टिनको छानो फेर्न दुबैजनालाई शरीरिक र मानसिक दुबै रुपले बाधन बन्दैआएको थियो । समस्याका कारण बस्नेत दाजुभाईका लागि राम्रो घर बनाउन नसक्नु अभाव र अशक्त नै प्रमुख बनेको स्थानीयको भनाई छ । 

FB_IMG_1693646952367

बुबा-आमाको पहिले नै निधन भएको र उक्त घरमा दुई दाजुभाई मात्र बस्दै आएका थिए । उनीहरुलाई खान र बस्न पनि समस्या हुँदै आएको थियो । ´बर्खा लागेपछि चिउरा खाएर रात काट्छन् दाजुभाई´ भन्ने समाचार आएपछि युवाहरु मिलेर घर निर्माण गर्न युवा जुटेका हुन् । 

FB_IMG_1693646932389

स्थानीय जेष्ठ नागरिक ९६ वर्षका पञ्चविर राई र ९२ वर्षीय धनकुमारी रायाले संयुक्त रुपमा शिल्यान्यास गरेका हुन् । जेष्ठ नागरिकको सम्मान युवाको योगदान भन्ने नाराका साथ निर्माण कार्य सुरु गरिएको हो ।

स्थानीय नव ज्योति युवा क्लब, बाहुण्डाँगी जेसीज र दोकानडाँडा युवाले परिवारको सहकार्यमा निर्माण हुन लागेको घरको अनुमानित लागत ५ लाख रहेको निर्माण समितिका कोषाध्यक्ष प्रमिश थापाले बताए ।  देश-विदेशमा रहेका विभिन्न युवाहरुको सहयोग तथा स्थानीय दाताहरुको सहयोगमा निर्माण कार्य सुरु गरिएको कोषाध्यक्ष थापाको भनाई छ ।

FB_IMG_1693646888134


अहिलेसम्म करिब  २ लाख ५ हजार रकम र करिब १ लाख ५० हजार बराबरको सामाग्री संकलन भएको उनले जानकारी दिए । निर्माण कार्यको प्राविधिक सहयोग मेची अभियान रहेको छ । घर निर्माणका लागि अहिलेसम्म कसैलाई रकम नमागेको र दाताहरुको स्वतस्फूर्त सहयोग गरिरहनु भएकोसमेत समिति     सचीव देबु बानियाँले जानकारी दिए ।

IMG_20230902_141553 1

डेढ महिनाभित्रमा घर निर्माण सम्पन्न गर्ने र दशैको फुलपातीका दिन दाजुभाईलाई नयाँ घरमा भित्र्याउने योजनानुसार घरको निर्माण शुरु गरिएको बानियाँको भनाई छ । समितिका अध्यक्ष सुमन थापाले ७० प्रतिशत रकम र समाग्री संकलन भएको र अपुग रकम विस्तारै संकलन गर्दै जाने बताए । शिल्यान्यास कार्यक्रममा गाउँका अग्रज जितबहादुर लावती, समाजसेबी एबम् दाताहरू हस्तबहादुर खत्री, कमल थापा, नन्दकुमार भारती, ऐनुकुमार भट्टराई, धनबहादुर निरौलालगायत गाउँका व्यक्तिहरुकोे सहभागिता रहेको थियो ।