बिर्तामोड । बिदेश पठाइदिन्छु भन्दै २ लाख ७२ हजार रुपैयाँ ठगीको आरोपमा बिर्तामोडकी एक युवतिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका-४ की २५ वर्षीया सुधा चौधरलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीका लागि अल्बानिया पठाउने भन्दै चौधरीले रकम लिएको र उक्त काम नगरेको उजुरीको आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालयका अनुसार ७२ हजार रुपैयाँ मासिक कमाई हुने भन्दै उनले ठगी गरेकी थिइन् । उनलाई काठमाडौँको सिनामंगलबाट भदौ २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





















































