इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले नेपाली पर्यटनको विकास प्रकृति र संस्कृतिको संयोजनबाट अगाडी बढ्नु पर्ने बताएका छन्।received_323438606878084इलामको सन्दकपुर-३ देउरालीमा प्रेस सेन्टर नेपाल १ नं. प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो धारणा राखेका हुन् । मन्त्री किरातीले पर्यटनको विकास गर्दा रैथाने खाद्यान्न, जडिबुटी, उत्पादनलाई प्राथमिकता दिइनु पर्नेमा जोड दिए । उनले स्थानीय संस्कार र संस्कृतिलाई पर्यटक सामु प्रदर्शन गर्न सकियो भने पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।FB_IMG_1694880378323उनले पर्यटन प्रवर्धन गर्दा विदेशी पर्यटनको प्रतिलिपी नभइ स्थानीय मौलिकतालाई अगाडी सार्नुपर्ने धारण राख्दै मन्त्री किराँतीले पत्रकारको काम सरकारको कमजोरी औंल्याउने, खवरदारी  र सकारात्मक आलोचना गर्न पनि आग्रह गरेका थिए । उनले मिडिया सम्मेलनले सन्दकपुरको प्रचारमा सहयोग पुर्याउने विचार ब्यक्त गरे । उनले पर्यटकीय, जैविकीय मात्र नभई धार्मिक आस्थाको केन्द्रको रुपमा समेत रहेको सन्दकपुरलाई ब्राण्डिङ गर्नुपर्ने बताए ।received_612054197755414मन्त्री किराँतीले टाढाबाट आउने पर्यटकलाई रोङमा एकरात बसाएर सन्दकपुर ल्याउन सकिने धारणा ब्यक्त गर्दै रोङ, सुर्योदय र सन्दकपुरलाई जोडेर पर्यटन प्रवर्धनका लागि बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरे ।