झापा । नेपालका इस्लाम धर्मावलम्बीले बिहीबार 'मोहम्मद डे' मनाइरहेका छन् । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्ललाहो अलैहे वसल्लमको १४५३ औं जन्म जयन्ती अर्थात् मोहम्मद डे आज धूमधामका साथ मनाइरहेका हुन् ।
मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वतको रब्बी अव्वल महिनामा साउदी अरबको मक्कामा बीबी आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।
मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । भद्रपुर र बिर्तामोडमा रहेका इस्लाम धर्मावलम्बीहरूले हजरत मोहम्मदको जन्मदिनका अवसरमा र्याली निकालेका छन् ।
यसैबीच झापाका चार पालिकाले आज स्थानीय बिदा दिएका छन् ।
मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै स्थानीय बिदा दिएका हुन् । बिर्तामोड नगरपालिकाले बिदा नदिएको भन्दै बिर्तामोडमा बिरोध गरेका छन् ।























































