मेचीनगर । झापाको काँकरभिट्टामा भारतीय सवारीले सिटी सफारीलाई ठक्कर दिँदा सिटी चालक गम्भीर घाइते भएका छन् ।
सोमबार अपरन्ह मुख्य राजमार्ग अन्तरगत भारततर्फ जादैँ गरेको सिटिलाई TRO 1 BT 530 नम्बरको कालो कारले ठक्कर दिँदा सिटी चालक मेचीनगर-७ का जीवन घिमिरे गम्भीर घाइते भएका हुन् ।
घाइते घिमिरेको उपचारका लागि बिर्तामोडस्थित बिएण्ड सी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आवश्यक कारबाहीका लागि कार र चालकलाई नियन्त्रणमा लिएको छ ।





















































