झापा । चार लाख रुपैयाँभन्दा बढी मूल्यको भन्सार छलेर भारतबाट भित्र्याइएको अवस्थामा प्रहरीले श्रृंगार सम्बन्धी सामान पक्राउ गरेको छ ।
मेचीनगर-१५ को विचार्नीबाट उक्त सामान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।
बरामद सामानहरुमा अनुहारमा लगाउने क्रिम लगायत छन् । मूल भन्सार काँकरभिट्टाभन्दा दक्षिणको खुला सीमाबाट ती सामान नेपाल भित्राइएको प्रहरीको अनुमान छ ।























































