झापा । झापाको कनकाई नगरपालिकामा रहेको कनकाई धाम धार्मिक विकास संस्था (कोटिहोम) को निर्वाचनबाट अध्यक्षमा समाजसेवी शेरबहादुर थापा विजयी भएका छन् ।
मंगलबार साँझसम्म जारी मतगणना अनुसार थापाले १४७ मत अन्तरले प्रत्यासी फुयाँललाई पाखा लाउँदै जीत हासिल गरेका हुन् ।
त्यसैगरी महासचिवमा थापा प्यानलका दिनानाथ खतिवडा विजयी भए । खतिवडाले ४३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी कृष्णप्रसाद घिमिरेलले ४२२ मत ल्याए ।
वरिष्ठ उपाध्यक्षमा निर्मल खतिवडा (४८२) विजयी भए । डिल्लीराम बाह्रकोटीले ३८९ मत ल्याए । धार्मिक उपाध्यक्षमा प्रकाश थापा (४८१) विजयी भए । चन्द्र भेटवालले ३७६ मत ल्याए । पर्याटन उपाध्यक्षमा अम्बिका खरेल (४९४) विजयी भइन् । रामप्रसाद अधिकारीले ३६७ मत ल्याए ।
सचिवमा यामनाथ खतिवडा (४७९) विजयी हुँदा युवराज पौडेल ३३३ मत ल्याउँदै पराजित भए । कोषाध्यक्षमा मानबहादुर पौडेल (४८९) विजयी भए भने अम्बिका चापागाईले ३२० मत मात्रै ल्याइन् । सदस्यहरुको भने मतगणना जारी रहेको छ ।





















































