झापा । सरकारले बिदेशी पर्यटन सम्बन्धि उपयुक्त नीति ल्याउन नसक्दा तेस्रो मुलुकबाट नेपाल भित्रिने पर्यटकको संख्यामा कमी आएको सरोकारवालाहरुले गुनासो गरेका छ्न् । 
दोस्रो रास्ट्र भारतबाट आगमन हुने पर्यटनको संख्यामा वृद्धि भएपनि तेस्रो मुलुकबाट उल्लेखिय पर्यटक भित्रिन नसक्दा सम्बन्धित ब्यवसायिक संस्थाहरु मारमा परेको गुनासो गरेका हुन् ।IMG_20231005_092727
नेपाल घुम्न तेस्रो मुलुकबाट आउने पर्यटकलाई भारत सरकारले रोक्दा पनि तेस्रो मुलुकका पर्यटक आगमनको संख्यामा कमी आएको हो । तेस्रो मुलुकबाट आउने भारतमा रोकिएका पर्यटकलाई सरकारले भारत सरकारसँग समन्वय नगर्दा त्यसको मार नेपालमा संचालनमा आएका पर्यटन सम्बन्धि ट्राभल्स र होटल ब्यवसायमा असर परेको गुनासो गरेका थिए । 
भारतीय ५ सय र १ हजारका नोट नेपालमा नचलाउने भनेपछि पनि पर्यटन आगमनमा कमी आएको ट्राभल्स एजेन्सीको गुनासो थियो । बिदेशको मौद्रिक नीतिसँग नेपालको नीति नमिल्दा पनि डिजिटल प्राविधिबाट रकम भुक्तानीमा समस्या भएको छ । 
IMG_20231005_091954होटल ब्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेसगोपाल श्रेष्ठले पर्यटकको आगमन न्युन हुँदा होटल ब्यवसाय नै सिथिल बनेको बताए ।  होटल ब्यवसाय नै लथालिङ्ग हुँदा रोजगारबिहिन हुँदै युवा पलायन भइरहेको  उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने,`आफ्नो घरमा आफै कुचो लगाएर संचालन गरेका होटलबाहेकका होटल बन्द भएका छ्न् ।, पर्यटक आगमन न्यून भएकाले त्यस्तो समस्या आएको भन्दै उनले पर्यटन सम्बन्धित कार्यालय र सरोकारवालाको ध्यान जान आग्रह गरेका थिए ।
IMG_20231005_095102उनले ४५० दर्ता भएका होटलमध्ये पर्यटकको आगमन नहुँदा टाट पल्टेर १२० वटामात्रै संचालनमा रहेको बताए ।
कार्यक्रममा अद्यागमन कार्यालय प्रमुख रेवन्त भट्टराई बिदेशी र आन्तरिक पर्यटकको कोभिडपछि बडेको बताए । पर्यटकलाई सस्तो शुल्क लाग्ने देश नेपाल  भएको जनाउदै सार्कभित्रका देशहरुमध्ये नेपालले सबै भन्दा बढी सुबिधा दिएकोसमेत जानकारी दिए । IMG_20231005_091954 1
कार्यक्रममा पेमा तामाङले नेपाली र भारतीय रकम परिवर्तन गर्दा पर्यटक ठगीएको जानकारी दिए । कमिशनको चक्करले टुर एण्ड ट्राभल्स अनियन्त्रित रुपमा दर्ता दिएको समेत तामाङको आरोप थियो । उनले ३५ वटा दर्ता भएर संचालनमा आएका ट्राभल्स एजेन्सी हाल आएर ६४ वटाले दर्ता गराएकाले अनियन्त्रित बनेको  उनको भनाई थियोे ।IMG_20231005_140609 1
कयौं नेपाल आएका पर्यटन  भारत सरकारले भारतमै रोक्दै आएको छ ।, पर्यटन सुरक्षा सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रममा सशस्त्र प्रहरी बल काँकरभिट्टाका प्रहरी नायब निरीक्षक रोहितबहादुर घिमिरेले भारत सरकारले तेस्रो मुलुकबाट आएका पर्यटकलाई नेपाल प्रवेश गर्न नदिएकाले समस्या हुदै आएकाले नीतिगत रुपमा सामाधान गर्नुपर्ने औंल्याएका थिए ।
मेचीनगर-४ का वडाध्यक्ष अर्जुन कार्कीले गाउँको उत्पादनलाई उपभोग गराउन पर्यटक भित्याउने खालका योजना ल्याउन निस्वार्थ र भावनात्मक एकताको खाँचो भएको औंल्याए ।
होम स्टे एशोसिएसन महासङ्घका प्रदेश अध्यक्ष मन्जिल श्रेष्ठले भारतीय सवारीका कारण पनि पर्यटन यात्रामा समस्या आएको गुनासो गरे ।
IMG_20231005_092719 कार्यक्रममा प्रमुख अतिथि पर्यटन प्रहरी केन्द्रीय कार्यालयका प्रहरी नायव निरीक्षक नरेन्द्रप्रसाद कुँवरले सहजीकरण गरेका थिए । पर्यटन कार्यालय शाखा काँकरभिट्टाका प्रभात भट्टराईको अध्यक्षतामा सप्पन्न पर्यटक सुरक्षा सम्बन्धि एक दिवसीय सचेतना कार्यक्रममा नाटाका उदय श्रेष्ठ, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेतीलगायतले जिज्ञासा राखेका थिए । निरज कट्टेलले स्वागत गरेको कार्यक्रमको संचालन किरण अधिकारीले गरेका थिए ।