झापा । हात्ती आतंकको पीडालाई नेपाल सरकारले सुनुवाई नगरेको भन्दै झापा बाहुनडाँगीबासीले पत्रकारसमक्ष गुहार मागेका छन् । स्थानीय, प्रदेश र संघीय तीनै तहको सरकारले हात्तीपीडितको आधारभुत बिषयमा उपयुुक्त वातावरण बनाउन प्रयास नगरेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन पत्रकारसमक्ष गुहार हुन् ।
प्रायः साँझमा हात्ती आउने भएकाले बिहिबार बेलुका मेचीनगर-४ ले बाहुनडाँगीकाे हात्ती प्रवेश गर्ने गौंडामै भेला गराएर झापाली पत्रकारहरुसँग गुनासो राखेको थियो । सयौं बिगाहमा लागाएको बाली हात्तीले खाएर नस्ट गर्दै आएको छ । हात्तीले बाली नस्ट गरेपछी कतिपय कृषकले बाली परिवर्तन गरेका छन् भने कतिपयले उर्वर जमिनलाई बाझो राख्न बाध्य भएको कृषकको गुनासो छ ।
स्थानीय तहसँग स्थानीयको पीडालाई सम्बोधन गर्नसक्ने कुनैपनि श्रोत नै छैन, पत्रकार सम्मेलनमा मेचीनगर -४ का वडाध्यक्ष अर्जुन कार्कीले भने,`कयौं पटक हात्तीको पीडा सबै तहका सरकारलाई ध्यानाकर्षण गराएकैछौ, हालसम्म कुनैपनी सरकारले समस्याको निकासका लागि पहल गरेका छैनन् । हात्तीमैत्री वडाको रुपमा बिकास गर्दै स्थानीयको गाँस, बास, कपास र शिक्षा, स्वास्थ्य तथा रोजगारका सुरक्षाका लागि आयमुलक श्रोतमा लगानी गर्न सरकारलाई अनुरोध गरेको हो ।´
संघीय र प्रदेश सरकारले ठोस कदम नचालेकाले हात्तीको समस्यामा गम्भीर बन्न सबै सरोकारवालालाई अध्यक्ष कार्कीले आग्रह गरेका थिए ।
सधैं दिन र रातमा ठूलो धनजन र गासबासको क्षति पुर्याउँदै आएकाले राज्यको ध्यानाकर्षण गराएको त्यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको नेपालतर्फ (आरआर.टी) का संयोजक न्यूटन कार्कीले बताए ।
हात्ती छेक्न निर्माण गरिएको करीब १७ किलोमिटरको बिद्युतीय तारबार पनि दैनिक क्षति गरेकाले थप समस्या भएको मानव हात्ती द्वान्द व्यवस्थापन समितिका अध्यक्ष सागर कार्कीले बताए ।
हात्तीले दैनिक करीब २० हजार भन्दा बढीको बिद्युतीय तारबारमा क्षति पुर्याउन थालेको अध्यक्ष कार्कीको भनाई थियो ।
बाहुनडाँगी क्षेत्र हात्तीका कारण धेरै नै प्रताडित हुँदा पनि राज्यको गम्भीर ध्यानाकर्षण नभएको मेचीनगर-२ का वडाअध्यक्ष दीपक बरालको भनाई छ । राहत पाउने व्यक्तिको नामसमेत आउँदा पनि त्यो राहत लिन अति झन्झटिलो प्रक्रियाले थप पीडा दिएको उनको भनाई छ ।
हात्ती तारबारले केही रोकथाम गरेपनी हुलहुज्जमा आएका जंगली हात्तीले तारवारमा दाह्रा प्रयोग गर्ने भएकाले त्यसको विकल्प खोज्नै पर्ने स्थानीयको भनाई छ । करोड मूल्यको धनमालमा क्षती र करिब ५ दर्जन मानवीय क्षति गरेको छ भने दुई दर्जनबढी घरबारबिहिन बनेका छन् ।























































