मेचीनगर । सहकारीकर्मी तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) का संस्थापक अध्यक्ष रामचन्द्र उप्रेतीलाई मातृशोक परेको छ । संस्थाका प्रबन्ध निर्देशक काँकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती, सुर्योदय टेलिभिजन बिर्तामोडका अध्यक्ष मनोज उप्रेती र गोपिचन्द्र उप्रेती समेतकी आमा जानुकादेवी उप्रेतीको ८९ बर्षको उमेरमा निधन भएको हो ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना उप्रेतीकी सासुआमा समेत रहनु भएकी जानुकादेवीको बुधबार अपरान्ह ३ः१७ बजे मेचीनगर-६ काँकरभिट्टास्थित आफ्नै निवासमा निधन भएको पारिवारिकस्रोतले जनाएको छ । स्वर्गीय जानुकादेवीको बिहीबार बिहान १० बजे मेची नदिमा अन्त्यष्ट गरिएको छ ।

त्यस्तै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका अध्यक्ष ठाकुर शिवाकोटीलाई पितृशोक परेको छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टा निवासी उनका ८२ वर्षीय बुबा टीकाप्रसाद शिवाकोटीको बिर्तामोडस्थित कनकाई अस्पतालमा निधन भएको हो । उपचारकै क्रममा राति १०ः३० वजे अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

परिवारका अनुसार ४ दिनअघि बुबालाई ज्वरो आएको थियो । हिजो राति ९ वजे अलिक सारो भएको महशुस गरेपछि कनकाई अस्पताल लगिएको थियो । ज्वरो आइरहेको थियो । युरिन इन्फेक्सनको समस्या थियो । प्रेसर पनि डाउन भएपछि राति साढे १० वजे निधन भएको परिवारको भनाई छ ।

स्व.टीकाप्रसादका दुई श्रीमति मध्ये मनमायाको यसअघि नै निधन भइसकेको छ । अर्की श्रीमति नरमाया, ३ जना छोरावुहारीहरुमा यज्ञ–भगवती, ठाकुर–हेमा र जीवन–जुना शिवाकोटी छन् ।
स्व.टीकाप्रसादको पार्थिव शरीरलाई विहीबार स्थानीय मेची नदीमा अन्त्यष्टि गरिएको जनाएको छ ।