मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा आयोजित सर्वपक्षीय बैठकले नागरिकलाई सुशासनको प्रत्याभूति दिन सबै सरोकारवाला निकाय लाग्नुपर्नेमा जोड दिएका छन् । त्यसका लागि नगरपालिकाभित्र कृयाशील संघसंस्था लागि पर्न आग्रहसमेत गरिएको थियो ।
बैठकमा स्थानीय सरकारले गरेको सकरात्मक कार्यको चर्चा तथा सुधार गर्नुपर्ने बिषयमा गम्भीर हुनुपर्ने साझा धारणा राखिएको थियो ।
नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजनमा नगर परिसरमा आयोजना भएको सर्वपक्षीय बैठकमा आम जनतासंग जोडिएका बिषयबस्तुमा छलफल भएको थियो ।
बैठकमा संविधान सभा सदस्य रविन कोईराला, कोशी प्रदेश सभासदस्य गोपाल तामाङ, निवर्तमान मेचीनगर प्रमुख विमल आचार्य, इलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख डिएसपी दिपक भारती, सशस्त्र प्रहरी बल काँकरभिट्टा प्रमुख डिएसपी रोहित घिमिरे, नेकपा एमालेबाट कोशी प्रदेश सदस्य देवकुमार राई, जिल्ला सदस्य चन्द्र प्रसाईं, मेचीनगर अध्यक्ष राजु पोख्रेल, नेपाली काँग्रेसबाट जिल्ला उपसभापति केशवराज पाण्डे, क्षेत्रिय सदस्य सुरेन्द्र बुढाथोकी र मेचीनगर सभापति सुदय पनेरू, माओवादी केन्द्रका प्रकाश भण्डारी, रास्वपाबाट गोकुल अधिकारी र दिपेश पाठक, राप्रपा मेचीनगरबाट सचिव विशाल बास्कोटा, एसबाट हरी तिम्सिना, मेची उद्योग वाणिज्य संघबाट अध्यक्ष खेम प्रसाईं, उपाध्यक्ष कपिल क्षेत्री र महासचिव दिनेश शाक्य, पुर्वी मेची बस व्यवसायी प्रालिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, प्यारीभिट्टा बसपार्क टर्मिनल व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम घिमिरे, काँकरभिट्टा खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष गोविन्द गिरीलगायतले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा मेचीनगर शिक्षा शाखा प्रमुख तथा कार्यवाहक कार्यालय प्रमुख होमनाथ भण्डारी, बरिष्ट प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, जसपाबाट मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, पासाङ ल्हामु स्मृति प्रतिष्ठान धुलाबारी अध्यक्ष ऋषि तिम्सिना, कल्याण खड्का, सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराललगायतको सहभागीता रहेको थियो ।























































