झापा । अन्तर्राष्ट्रिय झापाली समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुंगानाले झापामा संचालित `एकका लागि एक अभियान´संग हातेमालो गरेर अघि बड्ने प्रतिबद्धता जनाएका छन् ।
एकका लागि एक अभियान झापाले मंगलबार अन्तर्राष्ट्रिय झापाली समाजको नवनिर्वाचित कार्यसमितिलाई स्वागत-सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
साहारा नेपाल साकोस चारपानेको सभाहलमा मंगलबार आयोजित कार्याक्रमबीच नवनिर्वाचित समाजका अध्यक्ष मुकुन्द ढुंगानासहितका पदाधिकारीलाई खादा तथा मायाको चिनो प्रदान गर्दै स्वागत-सम्मान गरेको थियोे ।
कार्यक्रममा एकका लागि एक अभियानका संयोजक महेन्द्र गिरीले अन्तर्राष्ट्रिय क्षेत्रबाट झापामा लगानी भित्र्याउन आग्रह गरेका थिए । उनले ब्यवसायिक क्षेत्रका समस्यामा परेका ब्यापारीलाई सस्तो ब्याजदरमा पुनःकर्जाको ब्यवस्था गर्ने योजना बनाएको उल्लेख गरे ।
कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजले झापा र झापालीको सम्मुन्नत हितमा अतिआवश्यक क्षेत्रमा लगानी गर्ने योजनानुसारको काम गर्ने सोच बनाएको बताए ।
अभियानका संयोजक गिरीको अध्यक्षता सम्पन्न कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष मुकुन्द ढुंगाना, संरक्षक दिनेश पोख्रेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कुमार भट्टराई, सन्तोष अग्रवाल लगायतले झापाली समाजले उत्कृष्ट र राम्रो काम गरेकोमा उच्च मुल्यांकन गरेका थिए। बिर्तामोड गोल्डकपका अध्यक्ष बिनोद बस्नेतले स्वागत गरेको कार्यक्रमको सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।























































