झापा । आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व हर्सोउल्लासमय रुपमा सकिएको छ । छठ पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिई उपसनामा बसी सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व सम्पन्न भएको छ ।IMG_20231120_120512यता छठ पर्वको अवसर पारेर झापाको चारआलीस्थित छठ पुजा समिति मेचीनगर-१३ ले सांस्कृतिकसहित हर्षोउल्लासका साथ कार्यक्रम सम्पन्न गरेको छ । साँझमा अस्ताउँदो सुर्यलाई अर्ग्य-पुजापछि आयोजित कार्यक्रममा स्थानीय क्लब तथा खुल्ला बेजोड गीत, नृत्य प्रस्तुत गरेका थिए ।

मेचीनगरका मेयर गोपाल बुढाथोकीको प्रमुख आतिथ्यता एबम् मिट्ठु गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेचीनगर-१३ का वडाअध्यक्ष  कृष्णराज सिग्देल, रीता परियार लगायले बोलेका थिए । कार्यक्रममा छठ पुजा समितिले दृस्ठिबिहिन होमप्रसाद नेपाललाई सम्मान र आर्थिक सहयोग गरिएको कार्यक्रमको संचालन सन्तोष न्यौपाने र मोहन अधिकारीले गरेका थिए ।IMG_20231119_201219झापाको धुलाबारीस्थित छठ पुजा समितिले निन्दा नदीको घाटमा करिव २५ जना पहाडी समुदायले पनि मधेशी समुदायसँगै पूजा आराधना गरेर छठ पर्व मनाएको छ । 

छठ पुजा समिती बिर्तामोडले बिरिङ नदिको किनारमा पुजा आरधनासहित बृहत कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी भद्रपुरस्थित मेची नदी छठ पुजा समितिले मेची नदीमा छठीमायीको पुजा आरधना गरी मनाएको छ ।

छठपर्वको पहिलो ब्रतालुले नुहाएर अरबा अरबाईन भोजन गरेका थिए । दोस्रो दिन साँझ चाकुमल, दूध र सक्खर मिसाएर बनाइएको खीर प्रसादको रुपमा चढाउँदै ग्रहण गरेका थिए ।FB_IMG_1700393502247 1

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी श्रद्धापूर्वक छठ पर्व मनाइन्छ । छठ पर्वका अवसरमा नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

तेस्रो दिन हिजोअस्ताउँदो सूर्यलाई पूजासमाग्रीसहित अर्घ्य दिएका थिए । चौथो दिन सोमबार उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्व विधिवत समापन भएको छ ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिनलाई सौझकारक र अन्तिम दिनलाई पारन भनिन्छ । यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवम् विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवतालाई चढाउने गरिन्छको धुलाबारी छठ पूजा समितिका पूर्व अध्यक्ष शिवशंकर साहले बताए ।