प्रकाश उप्रेती

मेचीनगर ।  सार्वजनिक मन्दिरलाई चौतर्फी बिकास गर्ने उद्देश्यले झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित `श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिर´मा महापुराण लगाइने भएको छ ।आगामी मङ्सिर १५ गतेदेखि चर्चित भागवत वाचक राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराण लगाइने भएको हो ।IMG-20231122-WA0005 1महायज्ञका लागि आयोजित भेलामा समिति गठन :

मन्दिरको चौतर्फी बिकासका लागि स्थानीय धार्मिक एबम् सामाजिक ब्यक्तीहरुको भेलाले तिलकप्रसाद गिरीको अध्यक्षतामा २१ वटा उपसमिति रहने गरी महापुराण ब्यवस्थापन समिति गठन भएको छ । समितिको उपसंयोजकमा भक्त खेवाङ, रमेश भट्टराई, बोलप्रसाद कोइराला र निर्मला भण्डारी चयन भएका छन् । सचिवमा प्रेमराज घिमिरे र कोषाध्यक्षमा राजन चिमरियासहित ५०१ सदस्यीय महापुराण मुल आयोजक समिति रहेको गठन भएको छ ।IMG_20231122_144045

मेचीनगर-१२ शहरेडाँगीस्थित श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिर:
उक्त  मन्दिरलाई धाम र सामाजिक कर्मका लागि गर्न तनमन र वचनले आर्थिक तथा जिन्सी सहयोग गर्ने धर्मअनुरागीलाई चर्चित कथा बाचिका राधिका दासीको बाहुँलीबाट सम्मान एबम् अभिनन्दित गरिने कोषाध्यक्ष राजन चिमरियाले बताए । महायज्ञबाट १ करोडबढीको सहयोग जुटाउने अपेक्षा गरिएको महापुराण मुल ब्यवस्थापन समितिका सचिव प्रेमराज घिमिरेले जानकारी दिए । हाल प्रवेशद्वार, पण्डाल निर्माण, मन्दिर रंगरोगन तथा प्रचारलगायतका ब्यवस्थापनको काम तीब्र बनाइएको समितिले जनाएको छIMG-20231122-WA0002
स्थानीय मेचीनगर-१२ का रबिन्द्र-गंगादेबि र लक्ष्मी प्रसाईंले २०७२ सालमा दान गरेको २ कट्ठा ३ धुरसहित मन्दिर निर्माण गरिदिएर समाजलाई हस्तान्तरण गरेका थिए । पुराणबाट संकलित आर्थिक रकमले मन्दिरको जग्गा घेराबारा, सामुदायिक भवन निर्माण, अक्षयकोष स्थापना र जेष्ठ नागरिक चौतारी निर्माण गर्ने उद्देश्य रहेको महपुराण मुल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।

बिकास र संरक्षणको पर्खाइमा रहेको उक्त श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरको चौतर्फी बिकासका लागी महापुराण आयोजना गरिएको समितिका अध्यक्ष गिरीले बताए IMG_20231122_144116
महापुराणका लागि निर्माणाधीन पेन्डल:
२०७२ सालमा स्थानीयले दान गरेको जमिनसँगै स्थापना गरेको मन्दिरको भौतिक पुर्वधार बिकासका लागि सप्ताह महायज्ञ पुराणको आयोजना गरिने भएपछि मन्दिरको मुहार फेरिने भएको हो ।
समाजको बिकासक्रमसँगै स्थानीयस्तरमा सार्वजनिक मठ-मन्दिरको आवश्यकता महशुस भएपछि स्थानीय समाजसेबी रबिन्द्र प्रसाईंले मन्दिरका लागि प्रदान गरेका थिए ।  मन्दिरको २ कट्ठा ३ धुर जमिनबाट दानबिरले दान गरेपछि हाल ४ कट्ठा जमिन मन्दिरको सम्पत्तिको रुपमा रहेको मन्दिर संचालक समितिका अध्यक्ष इन्द्रमणी प्रसाईले जानकारी दिए ।
जमिन भएपनि मन्दिरको चौतर्फी भौतिक पुर्वधार बिकास भने हुन सकेको थिएन । उक्त मन्दिरको पुर्वधार बिकास तथा संरक्षणका लागि चर्चित कथाबाचक राधिका दासीको प्रमुख कथावाचकत्वमा लगाइने महापुराणका लागि सम्पुर्ण प्रक्रिया पूरा गरेको अध्यक्ष प्रसाईंले बताए ।
श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिर कसरी निर्माण भयो ?
रबिन्द्र प्रसाईं र उनका परिवार धार्मिक एबम् सामाजिक ब्यक्तित्वका रुपमा परिचित छ्न् । प्रसाईं परिवारका ७ भाई छोराहरुको सामुहिक इच्छाले मन्दिर निर्माणार्थ २०७२ सालमा २ कठ्ठा ३ धुर जमिन सामाजलाई दान गरेका थिए । केही समयपछि १७ लाखको खर्चमा मन्दिर पनि आफैले बनाइदिए ।
स्व.यशोदा-अभिचन्द्र प्रसाईंका साइला छोरा रबिन्द्र हुन् । जेठा- स्व. गजेन्द्र, माइला-बद्रीप्रसाद, काइला-हरेन्द्र, अन्तरे-स्व.जयन्द्र र कान्छा रामचन्द्र प्रसाईं रहेका छन् IMG_20231122_144208
मेची नगर-१२ शहरेडाँगी निवासी जमिन र मन्दिर दाता :८९ वर्षीय रबिन्द्र प्रसाईं:
मन्दिर बनाइदिएपछी आफै पुजारी बनेर मन्दिरलाई सम्हाल्दै आएको ८९ वर्षका रबिन्द्र प्रसाईंले बताए । म र मेरो परिवारले समाजका लागि दिएको यो योगदान समाजले नै बुझ्ने वृद्ध रबिन्द्रको भनाई छ।  उमेरले पाको भएपनी समाजमा केही गरौं भन्ने इच्छाशक्ति भने रहिरहेको छ, दायाँ हातले लठ्ठी समात्दै उनले भने `अझै पनि यो मन्दिरका लागि परिआए सहयोग गर्नेछौं ।´ स्वास्थ्यमा तन्दुरुस्त रहेका वृद्ध रबिन्द्रलाई केही समयअघि पेट दुख्ने समस्यले सतायो ।
१९९२ साल चैत्र २८ गते जन्मिनु भएका रबिन्द्रको स्वास्थ्यमा असर परेयता खच्केको मन्दिरका अध्यक्ष रहेका छोरा इन्द्रमणिले जानकारी दिए । रवीन्द्रका ४ छोराहरु मोहन, मकुन्द, इन्द्रमणि, प्रकाश छोरा र  शारदा, सुशील, सविता, कल्पना र सृजना छोरीहरु छन् । हाल पनि रबिन्द्र आफैले मन्दिरमा पुजाअर्चना गर्दै आएका छन् । केही ब्यक्तीले मन्दिरको चौतर्फी बिकासका लागि जग्गा दान समेत गरेका छन् ।