IMG_20231130_143016चारआली । झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित`श्री पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिर´मा आयोजना गरिएको महापुराणमा आर्थिक सहयोग जुट्न थालेको छ ।
मङ्सिर १५ भोलिदेखि सुरु हुने महापुराणको अन्तिम तयारी पूरा हुँदै गर्दा धार्मिक तथा सामाजिक ब्यक्तित्वहरुले पुराण अगाबै १५ लाखबढी रकम दिने घोषणा गरिसकेको पुराण आयोजक समितिले जनाएको छ ।IMG_20231129_160828
सार्वजनिक मन्दिरको चौतर्फी बिकास गर्ने उद्देश्यले चर्चित भागवत वाचिका राधिका दासीको प्रमुख कथा वाचकत्वमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराणका लागि सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
महापुराणमा प्रमुख अतिथि रुपमा संघीय सांसद एबम् उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको महापुराण आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए ।
चारआली, बुधबारे चोक र शहरेडाँगीमा मुल प्रवेशद्वार गेट निर्माण गरिएर सिङारिएको छ । प्रत्येक चोक-टोलमा ब्यानरसहित माइकिङ्ग प्रचारप्रसारलाई तीब्र बनाइएको छ ।IMG_20231130_123354 2 महायज्ञ महापुराणका लागि ३ हजारबढी आगन्तुक अटाउने पण्डाल स्थलसहित कथा बाचिकासहितको टिमलाई सिंहाशनको ब्यवस्थापन गरिएको छ ।  सांस्कृतिक विभिन्न जातजातीको पहिचान झल्काउने झाँकी, पञ्चेबाजासहित १ सय ८ थान कलशयात्रा गरिने छ । चारआलीस्थित पाउँ पाथीभरा मन्दिरसम्म कलश यात्राको तयारी गरिएको छ ।
स्वागतका लागि ब्यवस्थापन टिम, प्रसादको  ब्यवस्थापन, प्राबिधिक ब्यवस्थापन, आर्थिक समन्वयका लागि ब्यवस्थापनलगायतको ब्यवस्थापन लागि २१ वटा उपसमितिले निरन्तर जुटेर तयारी पूरा गरिएको सचीव प्रेमराज घिमिरेले जानकारी दिए ।
आन्तरिक तथा बाहृय पर्यटकलाई बडवा दिने उद्देश्यले बिर्सिदै गएको नृत्यकर्म, धार्मिक अनुसाशन, नयाँ पुस्तालाई धार्मिक अनुष्ठानको बारेमा अवगत गराउन, जेष्ठ नागरिकलाई चौतारी निर्माण गरी अनुभवको आदानप्रदान गराउन, धार्मिक तथा लोप हुन लागेका पुस्तक, प्रचीनकालका प्रयोग गरिने सामाग्री, बाजागाजाको ब्यवस्थापन गर्न, चारआली र बुधबारेमा ब्यवस्थित अतिथि सदन नहुँदा सामाजिक कार्य गर्न धुलाबारी र बिर्तामोड लगायत टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै बिवाह , ब्रतबन्ध, पार्टीका लागि ब्यवस्थित गर्न अतिथि सदन वा सामुदायिक भवनको निर्माण गर्ने, श्रीपञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरलाई घेराबारा तथा संचालनलाई ब्यवस्थित गर्न अक्षयकोषको स्थापना गर्ने योजना रहेको महापुराण ब्यवस्थापन  घिमिरेले बताए ।IMG_20231130_155539
उक्त मन्दिरलाई धाम र सामाजिक कर्मका लागि गर्न तनमन र वचनले आर्थिक तथा जिन्सी सहयोग गर्ने धर्मअनुरागीलाई चर्चित कथा बाचिका राधिका दासीको बाहुँलीबाट सम्मान एबम् अभिनन्दित गरिने कोषाध्यक्ष राजन चिमरियाले बताए । महायज्ञबाट १ करोडबढीको सहयोग जुटाउने अपेक्षा गरिएको महापुराण मुल ब्यवस्थापन समितिको छ । 
स्थानीय मेचीनगर-१२ का रबिन्द्र-गंगादेबि र लक्ष्मी प्रसाईंले २०७२ सालमा दान गरेको २ कट्ठा ३ धुरसहित मन्दिर निर्माण गरिदिएर समाजलाई हस्तान्तरण गरेका थिए । हालसम्म दाताले जमिन थपिदिएपछि करिब ५ कट्ठाबढी जमिन मन्दिरको नाउँमा आइसकेको संचालक समितिका अध्यक्ष इन्द्रमणी प्रसाईको भनाई छ ।