मेचीनगर । सभामुख देबराज घिमिरेले संविधानले निदृष्ट गरेको समाजबादको नीति अनुसार समाज बनाउन उदाहरणिय काम गर्नेलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छ्न् । झापाको मेचीनगर-११ मा रहेको लाल-भागिरथा बानियाँ प्रतिष्ठानद्वारा बुधबार आयोजित ५ औं बार्षिक सभा, भवन उद्घाटन एबम् सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्यसमेत रहेका सभामुख घिमिरेले उक्त कुरा बताएका हुन् ।
समाजबादले समाजमा योगदान र उदाहरणिय काम गरेका ब्यक्तीको खोजी गर्ने र उत्कृष्टलाई प्रोत्साहन सम्मानले सम्बन्धित क्षेत्रमा नयाँ आयाम थपिने धारणा राखेका थिए ।
प्रतिष्ठानले समाजमा उत्कृष्ट घोषणा भएका ब्यक्तीलाई सम्मान गरेकोप्रती संस्थाको प्रशंसा गर्दै भने, सभ्य समाज निर्माणका लागि परिवारमा योगदान पुर्याउने, स्वास्थ्य-संस्कृतीको बिकास तथा स्वच्छ कृषि उत्पादन गर्न प्रेरित गर्ने गृहेणी, डाक्टर र कृषकलाई प्रोत्साहन गर्नुले संस्थाको गरीमा उच्च बनाएको छ ।´उनले संस्थाको मुल्यांकन गर्दै आवश्यक परे सहयोग गर्ने वचन दिएका थिए ।
तीन बिधालाई सम्मान
लाल-भागिरथा प्रतिस्ठानले सभ्य समाज निर्माणका लागि योगदान पुर्याउने तीन जना ब्यक्तित्वलाई सम्मान एबम् पुरस्कृत गरेको छ। संस्थाले विभिन्न तीन बिधाहरु प्रतिभा क्षेत्र, सेवा क्षेत्र र कृषि क्षेत्रबाट एक-एक जनालाई सम्मान एबम् पुरस्कृत गर्ने पुर्वनिर्णयअनुसार सम्मान एबम् पुरस्कार बितरण गरिएको हो ।
स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै झापा मेचीनगर-१४ घर भइ हाल बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कार्यरत शिक्षाध्यक्ष सन्जिब शर्मालाई सम्मान एबम् पुरस्कृत गरेको हो ।त्यसैगरी, आफ्ना वृद्धवृद्धाको स्याहारसुसारमा महत्त्वपूर्ण भुमिका खेलेको भन्दै बिर्तामोड-४ निवासी हिमा लुइँटेललाई उत्कृष्ट गृहेणीको रुपमा र मेचीनगर-५ का बद्रीकुमार राउतलाई उत्कृष्ट कृषकको रुपमा सम्मान एबम् पुरस्कृत गरिएको हो ।
एक दम्पतिलाई समेत सम्मान गरेको छ ।विभिन्न बिधामा उत्कृष्ट सम्मानित ब्यक्तीलाई जनही नगद ३३ हजार, दोसल्ला तथा सम्मानपत्रद्वारा कार्यक्रमका प्रमुख अतिथि सभामुख देबराज घिमिरेले सम्मान गरेका थिए ।दम्पतिलाई नगद १० हजारसहित फुलमालाले सम्मान गरिएको थियो ।कार्यक्रममा मेचीनगरका उपप्रमुख मिना उप्रेती पोख्रेल, सम्मानित ब्यक्ती प्राचार्य डा. सन्जिब शर्मा, नेकपा एमालेका केन्द्रिय सदस्य बिष्णु प्रसाईंलगायतले बोलेका थिए ।लाल भागिरथा बानियाँको स्मृतिमा उनका छोराहरु प्रेमप्रसाद, हरिचरणलगायको सामुहिक योजनाअनुसार २०७६ सालमा स्थापना गरिएको थियो । संरक्षक प्रेमप्रसाद बानियाँको देवासन भइसकेको छ ।
हरिचरण बानियाँ अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्षले प्रतिष्ठानको आब २०७९/०८० सालको आयब्याय प्रस्तुत गरेका थिए । आशा उप्रेती बानियाँले स्वागत गरेको कार्यक्रमको संचालन डम्बर देवजाले गरेका थिए ।























































