अर्जुनधारा । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत सम्बोधन महिला सरोकार केन्द्र झापाले अर्जुनधारामा अन्तरक्रिया सम्पन्न गरेको छ ।
अर्जुनधारा नगरपालिकास्थित शनिश्चरेमा लैङ्गीक हिंसा एवम् मानव अधिकारको अवस्था बिषयक अन्तरक्रिया बिहीबार सम्पन्न गरिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको शहजीकरण तथा शनिश्चरे प्रहरी चौकीको सहकार्यमा कार्यक्रम भएको हो ।
सरोकार केन्द्रकी अध्यक्ष लक्ष्मी न्यौपाने सरुको अध्यक्षतामा भएको अन्तरक्रियामा संविधानसभा सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री प्रमुख अतिथि धर्मशीला चापागाईंले समाजका सबै तहको सहयोगबाट मात्रै लैङ्गीक हिंसाको अन्त्य हुने बताइन् ।
बिद्यार्थी प्रमिला रामदामले स्वागत गरेको कार्यक्रममा लैङ्गीक हिंसा तथा मानव अधिकारको अवस्था बारे इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले सहजीकरण गरेका थिए ।
जेष्ठ नागरिक मञ्जका सचिव शेखर अधिकारी, अर्जुनधारा–८ की वडासदस्य सरु बुढाथोकी, शनिश्चरे बहुमुखी क्याम्पसका प्रमुख मोहनप्रसाद ओली, राष्ट्रिय स्वतन्त्र बिद्यार्थी संगठका सचिब गगन चापागाईं, इन्सेक प्रतिनिधि नरेश खातीलगायतले लैङ्गीक हिंसा तथा मानव अधिकारको बारेरमा आ–आफ्नो भनाईं प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन महिला मजदुर जागरण केन्द्रकी अध्यक्ष सीता सापकोटा सन्ध्याले गरेकी थिइन् ।























































