चारआली । हातेमालो सामुदायिक बन उपभोक्ता समुहले झापाको प्रहरी चौकी चारआलीको बन्द `जेल कोठा´ ब्यवस्थापनमा सहयोग गरेको छ । तराईमा चिसो बढेसँगै अव्यवस्थित रहेको जेल कोठाभरी काठको खाट ब्यवस्थापन गरिदिएको हो ।
जेलमा परेका कैदीलाई चिसोले प्रभावित बनाएको पाएपछी बन समितिका अध्यक्ष चन्द्र सिग्देल र सचीव यमकान्त प्याकुरेल प्रहरी चौकीमै पुगेका थिए । त्यहाँ कैदीले चिसो सिमेन्टमा जीवन ब्यतित गरेको देखेपछि कोठाभरीको ५ इन्च अग्लो काठको खाटको ब्यवस्थापन गरेको हो ।
उक्त खाटका लागि सखुवा जातको २० क्युफिट काठ र ५ हजार मिस्त्री खर्च गरी ४५ हजार रकम बराबरको सहयोग गरेको अध्यक्ष सिग्देलले जानकारी दिए । बनले सामाजिक दायित्वभित्र सहयोग गरेको जनाएको छ ।
प्रहरी चौकी चारआलीले मेचीनगरका चार वटा वडाहरु ११,१२,१३ र १४ वडा क्षेत्रभित्र भइपरिआउने घटनालाई नियन्त्रण गरी समाजमा शान्ति-सुरक्षा प्रदान गर्दै आएको छ ।
समाजमा अब्यवहारिक गतिविधि गर्नेलाई नियन्त्रणमा लिई सजाय स्वरुप बन्द कोठा जेलमा राखिदैआएको छ । उक्त बन्द कोठा `जेल´ ब्यवस्थित नहुँदा चिसोले कैदीबन्दी बिरामी पर्ने गरेका छ्न् ।






















































