IMG_20240130_092340चारआली ।आदिवासी जनजाति समुदायभित्र पर्ने चार जातीले मनाउँदै आएको सबै ल्होछार पर्व एकै साथ मनाउने भएका छन् । झापाको मेचीनगरमा बसोबास गर्ने चार जातीहरु (मगर, शेर्पा, तामाङ र गुरुङ) ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी ल्होछार पर्व एकै साथ मनाउने घोषणा गरेका हुन् । IMG_20240130_090539बुद्ध धर्मलम्बीको धर्मसंस्कृति मनाउने परम्परा एउटै भएकाले ल्होछार पर्व एकैसाथ मनाउन निर्णय गरेको संयुक्त ल्होछार (डुग ल्हो) समितिका अध्यक्ष फुर्वा लामाले जानकारी दिए । चार जातीले एकैसाथ धर्म मनाएर पूर्वबाट एकताको सन्देश दिने प्रयास गरेको उनको भनाई थियो   ।  मेचीनगर-१३ मा बसोबास गर्ने चार जातीले माघ २० गते एकैसाथ ल्होछार मनाउने भएका हुन् ।
चारआली उत्तर प्रगती बन क्षेत्रमा रहेको पुरानो गुम्बा भएको स्थलमा आयोजना गरिने ल्होछार पर्व मनाउन धार्मिक तथा सांस्कृतिक कार्यक्रममा वडामा बसोबास गर्ने चारवटै जातीले ऐक्यवद्धतासमेत जनाएका थिए ।IMG_20240130_090518
धर्म मनाइरहँदा सरकारले सबै जातजातीको पर्वको दिन पटकपटक छुट्टी दिँदा राज्यलाई पनि भार पर्ने भएकाले एउटै धर्म-संस्कार मनाउने जातीले छुट्टाछुटै दिन मनाउँदा राम्रो संदेश नदिएकाले एकै समयमा मनाउने निर्णय लिएको सोनाम तामङले जानकारी दिए ।
एकैसाथ मनाउँदा एकताको सन्देश पर्वाह हुने भएकाले यस प्रकारको कार्यक्रम आयोजना गर्न लागिएको नेपाल तामाङ घेदुङका जिल्ला सदस्य मानबहादुर तामाङको भनाई थियो ।
कार्यक्रममा प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री शमशेर राईको प्रमुख आतिथ्यता तथा प्रदेश १ ‘क’ र ‘ख’ बाट निर्वाचित सांसद, नगरपालिकाका प्रमुख उपप्रमुख, वडासदस्यहरुको आतिथ्यता रहने आयोजकको भनाई छ ।
कार्यक्रमका लागि ५ लाख अनुमानित खर्च लाग्ने र उक्त खर्च आन्तरिक श्रोतबाट जुटाउने आयोजकको भनाई थियो ।IMG_20240130_091014
नेपाल मगर संघ सदस्य कुमार राना मगर, पुर्वअध्यक्ष नेपाल तामाङ भेदुङ, तिलबहदुर गुरुङ, छिरिङ शेर्पालगायतको सहभागीता रहेको थियो ।