चारआली । छुट्टाछुट्टै ढंगले मनाउँदै आएको `ल्होछार पर्व´ एकै साथ मनाउन झापाको चारआलीलाई सिङ्गारिएको छ । मेचीनगर-१३ मा बसोबास गर्ने चार जातीले भोलि माघ २० गते एकैसाथ ल्होछार मनाउने क्रममा आफ्नो ठाउँलाई सिङ्गारिएको हो ।IMG_20240201_214828आदिवासी जनजाति समुदायभित्र चार जातीले मनाउँदै आएको `ल्होछार पर्व´ यसपाली संयुक्त रुपमा मनाउनका लागि तयारी गरिएको हो । 

गुम्बालाई आकर्षक सिङ्गारिएको छ भने गुम्बाको नजिक पर्ने चारआलीदेखि इलामरोडको १५० सय मिटर उत्तरलाई रोडको माथी आकर्षक ढंगले तोरण टाँगिएको छ भने पुर्व-पश्चिम लोकमार्गको ट्राफिक पोस्ट अगाडी र काँकरभिटामा आगन्तुकलाई स्वागतार्थ गेट निर्माण गरिएको छ ।IMG_20240202_155245पर्वलाई उत्सव थप्न सहभागीका लागि १० वटा गेटसहित मन्द दीपको आनन्दीत तुल्याउँने खालका जडिँत बिजुलीका बत्तिले साँझमा हेर्दा झकिझकाउँ देखिन्छ । बजारको दायाँबायाँकाे पेटिको रेलिङमा उत्तीकै दुरिमा राखिएका बाँसको तोरण र त्यसमा जडित छुट्टाछुट्टै मोडेलका बत्तीका बत्तीले उत्तिकै आकर्षक थपेको छ । IMG_20240201_214825झापाको मेचीनगर-१३ का चार जातीहरु (मगर, शेर्पा, तामाङ र गुरुङ) ले संयुक्त रुपमा ल्होछार पर्व मनाउने घोषणा गरेपछि पूर्वबाट जातीय एकताको सन्देश समेत प्रवाह गरेको छ । बुद्ध धर्मलम्बीको धर्मसंस्कृति मनाउने परम्परा एउटै भएकाले ल्होछार पर्व एकैसाथ मनाउन निर्णय गरेको संयुक्त ल्होछार (डुग ल्हो) समितिका अध्यक्ष फुर्वा लामाको भनाई छ ।   

चारआली उत्तर प्रगती बन क्षेत्रमा रहेको पुरानो गुम्बा भएको स्थलमा आयोजना गरिएको ल्होछार पर्व मनाउन धार्मिक तथा सांस्कृतिक कार्यक्रममा वडामा बसोबास गर्ने चारवटै जातीले ऐक्यवद्धतासमेत जनाएका थिए ।