झापा । कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरसँग ५ बुदेँ सहमति भएको छ ।

प्रदेशको नाम खारेजीसहित पहिचानका आधारमा नामांकन गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएको प्रदेशमा पुनः नामांकन संयुक्त संघर्ष समितिसँग संवादबाट ५ बुदेँ सहमतिमा गर्दै समाधान खोजेको हो । FB_IMG_1707464155751आन्दोलनरत पक्षसँग राजनीति सहमति र पहलमा छलफल अघि बढाउने, आन्दोलनको स्वारुप परिवर्तन गरी शान्तिपुर्ण आन्दोलन बढाउने र प्रदेश सरकारले बल प्रयोग नगर्ने, आन्दोलनका क्रममा घाइते भएकाको उपचार र मृत्यु भएकालाई क्षतिपूर्तिको ब्यवस्थापन प्रदेश सरकारले गर्ने, आन्दोलनका क्रममा पक्राउ परेकालाई जेलमुक्त र मुद्दा परेकालाई मुद्दा फिर्ता लिन प्रदेश सरकारले प्रक्रिया अघि बढाउने, समन्वयको आधारमा आगामी फागुन १० अघि नै पुनः वार्ता बस्ने भनी सहमति गरिएको हो ।IMG_20240209_135712वार्तामा सरकारका तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगू संयोजकत्वमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती सदस्य र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्य सचिव रहने गरी वार्ता समिति गठन गरेको थियोभने संयुक्त वार्ता समितिबाट डकेन्द्रसिंह थेगिन, गोबिन्दबहादुर आन्बुहाङ, युवराज राई, सुवास राईलगायत रहेका थिए ।

पहिचानवादीले बनाएको वार्ता टोलीबीच बिहीबारबाट वार्ता सुरु भएको छ । प्रारम्भिक वार्ता सकारात्मक रहेको दुवै पक्षले जनाएका छन् । १७ फागुन ०७९ मा प्रदेश सभाले प्रदेशको नाम कोशी राखेयता पहिचान पक्षधरहरू आन्दोलित छन् ।


यस्ता छन् सहमतिका बुँदा छन्–

१, प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने ।

२, आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ।

३, पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने ।

४, पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने ।

५, अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने ।