बिर्तामोड  नेकपा माओवादी केन्द्रका नेताले स्वर्गीय गौरीशंकर खड्का (राजेन्द्र) को १३औँ स्मृति दिवस मनाएका छन् ।

गौरीशंकर खड्का (राजेन्द्र) स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको स्मृति दिवस तथा साधारणसभामा स्वर्गीय खड्काले पार्टीमा गरेको योगदानको उच्च सम्मान एबम् प्रशंसा गरेका हुन् ।    नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव तथा पूर्वकृषि मन्त्री चक्रपाणी खनाल (बलदेव) ले पूर्वमा खड्काले नेतृत्व गरेकै कारण माओवादी संगठन  आन्दोलनले गति लिनसकेको बताए 

पार्टीका केन्द्रीय सदस्य तथा शहिद प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष धर्मशिला चापागाईले गौरीशंकर अत्यन्तै निष्ठावान नेता भएको बताइन् ठूलालाई सम्मान  कार्यकर्ताहरुसँगको सहकार्य खड्काबाट सिक्न योग्य रहेको उनले बताइन् आर्थिक अभावमा पार्टी चलाउन गाह्रो परेको बेला खड्काले आफ्नो जग्गा बेचेरसमेत सहयोग गरेको उनले स्मरण गरिन् खड्काले गरेको कामको उजागर गर्नुपर्ने चापागाईले धारणा व्यक्त गरिन् 

पार्टीका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज झलकसिं दर्लामी (सन्देश)ले खड्काको योगदानको चर्चा गर्दै खड्काको निधनले पूर्वमा नेतृत्वको संकट परेको धारणा राखे  माओवादीले अगाडी सारेको एजेण्डा  उपलब्धीलाई संस्थागत गर्न सक्नु नै खड्काप्रतिको सच्चा सम्झना  सम्मान हुने दर्लामीको भनाई  

पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद दुर्गाचापागाईले माओवादी आन्दालनमा महत्वपूर्ण भुमिका रहेको बगाले लगायतका घटनाहरुलाई स्थापित गर्न नसकिएको बताए  उनले खड्काको सालिनता  पार्टीप्रतिको प्रतिबद्धता अनुकरणीय रहेको बताए 

खड्काको परिवारका तर्फबाट बोल्दै दाजु ठगबहादुर खड्काले स्मृति सभाले मात्र गौरीशंकरको सम्मान नहुने बताउँदै माओवादीले जनयुद्ध शुरु गर्नु अघिसारेका एजेण्डा पूरा गर्नतर्फ लाग्नु पर्ने सुझाए 

विसं२०१६ सालमा तेह्रथुमको साविक इसिबु  ज्यामिरेमा जन्मिएका खड्काले इतिहासमा स्नातकोत्तर गरेका थिए  उनले २०३६ देखि माले निकट विद्यार्गी संगठनमा आबद्ध भई सक्रिय राजनीति शुरु गरेका थिए  २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर  बाट निर्वाचित खड्काको बोनम्यारो क्यान्सरका कारण २०६७ साल फागुन  गते काठमाण्डौको बीएण्डबी हस्पिटलमा निधन भएको थियो