झापा । नेपाल-भारतको दशगजामा सशस्त्र प्रहरी र स्थानीय व्यापारीबीच भएको घटनाका विषयमा संघीय सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका छन् । झापाको मेचीनगर-७, सतिघट्टास्थित भएको घटनामा शसस्त्र प्रहरीले स्थानीयमाथी खुकुरी प्रहार गरेपछि ७ जना स्थानीयबासी घाइते भएको घटनालाई लिएर उक्त ध्यानाकर्षण गराएका हुन् ।IMG_20240303_174430

कांग्रेस भोजपुरको जिल्ला सम्मेलनमा पुगेका झापा क्षेत्र नं. १ का सांसदसमेत रहेका शर्माले भोजपुरबाटै शनिबार  गृहमन्त्री श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई टेलिफोनमार्फत ध्यानाकर्षण गराएका हुन् ।

सांसद शर्माले गृहमन्त्री श्रेष्ठसँग टेलिफोनमा कुरा गर्दै घटनामा घाइते भएका सबैको आवश्यक सम्पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह समेत गरेका छन् ।

सीमा नाकामा कुनैपनि प्रकृतिको अव्यवस्था, वेथितिका घटना भए त्यसलाई नियन्त्रण गर्न राज्य-प्रशासन तदारुक हुनुपर्ने र त्यसमा नागरिकको तर्फबाट पनि सहयोग रहनुपर्ने शर्माको भनाई छ ।