पर्सा । छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले महतो दम्पतिलाई पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी शम्भु महतो १२ वर्षीय छोरा दिलीप मण्डलको शव निकालेपछि घटनाको अनुसन्धानका लागि बाबु शम्भु र उनकी पत्नी सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।