मेचीनगर । झापाको मेचीनगरमा पहिलो पटक मंगलबारबाट ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया-२०८०’ सुरु भएको छ ।IMG_20240312_121831
मेचीनगर खेलकुद विकास समितिले काँकरभिट्टा माबिको खेल मैदानमा आयोजित कार्यक्रमबीच प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले दीप प्रज्वलन गर्दै उद्घाटनपछि शुभारम्भ भएको हो ।IMG_20240312_122213
कार्यक्रममा प्रमुख अतिथि तामाङलाई खेलाडीले मार्चपाससहित सलामी दिएका थिए । कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो । लामो समयदेखि खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, कराँतेमा अर्जुन लम्साल र टेकनाथ पराजुलीलाई प्रमुख अतिथि तामाङले सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।IMG_20240312_121902
फुटबल बक्सिङ र तेक्वान्दो, सामुदायिक भवन काकर्भिट्टामा कराँते, पुर्वेली खेल मैदानमा क्रिकेट, काँकरभिट्टामा खानेपानी हलमा चेस, धुलाबारी माबीमा भलिबल, कवर्डी र  ऎथ्लेन्टिक्स खेल प्रतियोगिताको स्थान तयारी गरेको समितिले जनाएको छ ।IMG_20240312_121725
१५ वटाबाट प्रतियोगितामा सहभागी खेलाडीहरुले कराँते, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङ, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेतीले सम्बोधन गरेका थिए ।IMG_20240312_121523
सामाजिक बिकास प्रमुख हृदय राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रबिन ओझाले स्वागत गरेका थिए भने वरिष्ठ प्रशासकीय अधिकृत अनन्त वस्तीले संचालन गरेका थिए ।IMG_20240312_115856
चैत ६ गतेसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न नगरपालिकाले ५३ लाख ७७ हजार बजेट खर्च छुट्याएको छ ।