मेचीनगर । बिदेशी भाषा पढाउँदै भरपर्दो रुपमा बिदेश पठाउन परामर्शसहितको एजुकेशनल कसल्टेन्सीका शाखा खुलेपछि झापाको मेचीनगरलगायतका विद्यार्थीलाई सहज हुने भएको छ ।
मेचीनगर-१० धुलाबारीस्थित पूजा कम्लेक्समा `नेक्सस एजुकेशनल कन्सलटेन्सी´काे शाखाकाे उद्घाटन भएपछि विदेशी भाषा पढ्न र आफ्नो छनोटमा बिदेश जान विद्यार्थीलाई सहज हुने भएको हो ।
परामर्श र कन्सल्टेन्सीका शाखा नहुँदा यसअघि भाषा सिक्न काठमाडौँ र बिर्तामोडसम्म धाउँनु पर्ने विद्यार्थीलाई बाध्यता थियो । विदेश पढ्न जाने विद्यार्थीलाई लक्षित गरी धुलाबारीमा `नेक्सस एजुकेसनल कन्सलटेन्सी´को शाखा मंगलबारदेखि विधिवत रूपमा सञ्चालनमा आएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकीले बिधिवत रुपमा सुरु गरेका थिए । कार्यक्रममा मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङ, १० नम्वडाका वडाध्यक्ष नारायण खनाल लगायत समाजसेवी र वुद्विजिवीहरूकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा कन्सलटेन्सीका प्रबन्ध निर्देशक विष्णु खड्काले भाषा सिक्न टाडा जाँदा खर्च र समय जाने भएकोले त्यसलाई राेक्न पनि विद्यार्थीलाई गाउँ घरबाटै सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी दिए ।
नेक्ससको केन्द्रीय कार्यालय काठमाडौँमा रहेको छ । विदेश अध्ययनका लागि नेक्सस कन्सलटेन्सीले समन्वयकारी भूमिका निर्वाह गर्दै आएको छ भने विद्यार्थीलाई शैक्षिक परामर्श पनि दिँदै आएको छ ।
शाखा कार्यालय उद्घाटनका दिन युके अध्ययन गर्न जानेका लागि एड्मिसन खुल्ला गरिएको छ । नेक्ससले भिषा प्रोसेसिङमा ४० प्रतिशत छुट, आयल्स क्लासमा ३० प्रतिशत छुट, लक्की ड्रमा मुभी टिकट र कफी लगायतका अफरहरु दिएको छ ।
शैक्षिक परामर्शदाताहरुले विद्यार्थीलाई आफ्नो अनुभव शेयर गर्दैछन् । नेक्ससका प्रबन्ध निर्देशक विष्णु खड्काकाे अध्यक्षता, शाखा कार्यालयका प्रमुख अर्जुन तिवारीले र सञ्चालन रविन पाठकले गरेका थिए ।






















































