मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले दोस्रो नगरसभाको चौथो अधिवेशन बुधबारबाट सुरू भएको छ । 

चालु आर्थिक वर्ष २०८०/०८१ का लागि शंशाेधित १ अर्ब ३३ करोड ८३ लाख ९१ हजार ५ सय ५५ रुपैयाँको आय-व्ययसहित नगर अधिवेशन सुरु भएको हो । received_7208753645876586उपमेयर मिना उप्रेतीले २०८० साल असार १० गते यस मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट  बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । 

वित्तिय प्रगति विनियोजनतर्फ चालु खर्च ८३ करोड ८७ लाख ६४ हजार ५२ रुपैयाँ २४ पैसा, पूजीँगत खर्च ५१ करोड ७६ लाख ९६ हजार ५ सय २ रुपैयाँ ७६ पैसा तथा वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ रहेको उपमेयर उप्रेतीले जानकारी दिइन् । 

यसैगरी, उनले खर्चतर्फ चालु खर्चतर्फ ३५ करोड ८५ लाख ६० हजार १ सय ६५ रुपैयाँ शुन्य ९ पैसा तथा पूजीँगत खर्चतर्फ १० करोड २४ लाख ७८ हजार ९ सय ११ रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् । 

received_239256402613231विनियोजन तर्फको कुल रकम १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँ र खर्च भएको रकम ४६ करोड १० लाख३९ हजार ७६ रुपैयाँ १४ पैसा घटाउँदा मौज्दातकाे बाँकी रकम ८९ करोड ७९ लाख २१ हजार ४ सय ७८ रुपैयाँ ८६ पैसा रहेको छ । 


आन्तरिक राजस्वको हालसम्मको अनुमान र वास्तविक आय अनुमानित आयतर्फ १२ करोड ८७ लाख रुपैयाँ र हालसम्मको वास्तविक आय ८ करोड ३९ लाख २८ हजार ४ सय ८२ रुपैयाँ वा ६५ दशमलव २१ प्रतिशत रहेको छ । 


कार्यालयको उपक्षेत्र अन्तर्गत आर्थिक विकाश शाखातर्फ वार्षिक बजेट ७ करोड ५ लाख ६७ हजार ६ सय ६९ रुपैयाँ ९३ पैसा मध्ये ७६ लाख ७५ करोड ७ सय १६ रुपैयाँ वा १० दशमलव ८८ प्रतिशत खर्च भई ६ करोड २८ लाख ९१ हजार ९ सय ५३ रुपैयाँ ९३ पैसा मौज्दात रहेको छ । received_1373030313396676

सवैभन्दा बढी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ कुल बजेटको ५० दशमलव शुन्य ५ प्रतिशत खर्च भएको छ । 

यस शीर्षकमा २७ करोड १३ लाख ४ हजार ५२ रुपैयाँ २४ पैसा बजेट विनियोजन गरिएकोमा १३ करोड ५७ लाख ९२ हजार २ सय ६४ रुपैयाँ शुन्य ७ पैसा खर्च भएको छ । 

यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा यो अवधिमा कुल ११ लाख ४० हजार १ सय २० रुपैयाँ वा ५ दशमलव ११ प्रतिशतमात्र खर्च भई २ करोड ११ लाख ५६ हजार ८ सय ८० रुपैयाँ मौज्दात रहेको यस नगरसभामा जानकारी दिए । received_1598374617669492चालु आर्थिक २०८०/८१ का सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा कुल २ करोड २२ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको थियो । 

उर्जातर्फ सम्पदा पूर्वाधार, विज्ञान तर्फ प्रविधिमा ७० लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १५ लाख ३८ हजार ५ सय ९२ रुपैयाँ वा २१ दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ भने, ५५ लाख १८ हजार ४ सय ८ रुपैयाँ नगद मौज्दात रहेको छ । 


सामाजिक विकासतर्फ चालु आर्थिक वर्षको आठमहिने अवधिमा २१ करोड ९९ लाख १३ हजार ७ सय ९३ रुपैयाँ शुन्य २ पैसा खर्च भएको छ । 

कुल बजेट ५५ करोड २१ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा अब खर्च भएको रकम घटाउँदा ३३ करोड २२ लाख २० हजार २ सय ६ रुपैयाँ ९८ पैसा मौज्दात बाँकी रकम रहेको छ । मेचीनगर नगरकार्यपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन कार्यक्रमकाे अध्यक्षता मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । received_757619329847970सभामा मेचीनगर-७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले बजेटमा परेका विषयहरू कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका थिए । 

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले अधिवेशनका विषयमा सहभागी नगर सदस्यहरुलाई जानकारी गराएका थिए । 

आगामी चैत ७ गते पुनः बैठक बस्ने गरी बुधबारको सभा स्थगन गरिएको मेयर एवम् सभाका अध्यक्ष  बुढाथोकीले जानकारी दिए ।