चारआली । वनमा डढेलो नियन्त्रण, जैविक विविधताको संरक्षण’ भन्ने मूल नारासहित झापामा वनमा डढेलो विरुद्धको सप्ताह कार्यक्रम सचेतना अभियान बिहीबारबाट  सुरु भएको हो । 

डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन वन कार्यालय मेचीनगर-१३ संयोजनमा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको हो । चारआली चोकमा आयोजित कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोलाले रिवन काटेर अभियानको उद्घाटन गरेका थिए  ।IMG_20240314_170240

उद्धघाटनपछि सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बांस्तोलाले सरकारको सम्पत्तिको रूपमा रहेको सामुदायिक वनलाई जोगाएर  पर्यावरण र वातावरण परिवर्तन हुनबाट जोगाउन आग्रह गरे ।  उनले पर्यावरण जोगाउन पुराना रुख र नयाँ बिरुवाको संरक्षण स्थानीय वन उपभोक्ता तथा स्थानीय सरोकारवालाको प्रमुख दायित्व भएको उल्लेख गरे । 

डढेलो व्यवस्थापनलाई प्रोत्साहन गरौंँ, वन्यजन्तुको प्राकृतिक वासस्थानको संरक्षण गरौँ, वन क्षेत्रमा आगो लगाउनु दण्डनीय अपराध हो जस्ता `प्ले-कार्ड´सहित मेचीनगरस्थित प्रगति सामुदायिक वनबाट सुरु गरिएको सचेतना र्यालीले चारआली बजार परिक्रमा गर्दै सभामा परिणत भएको थियो ।IMG_20240314_170218

सभामा डिभजन वन कार्यालयका झापाका प्रमुख मेघराज राईले कार्यपत्र प्रस्तुत गर्दै हरेक वर्ष चैत पहिलो हप्तालाई वन डढेलो नियन्त्रण सप्ताहका रूपमा मनाइने जानकारी दिए । उनले वन डढेलो नियन्त्रणमा वन उपभोक्ता समूहसंगै सबैको भूमिका रहने  बताए ।  उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बांस्तोला, डिभिजन कार्यालयका प्रमुख राई, हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्रप्रसाद सिग्देल, चारआली जेसीजका अध्यक्ष भोजराज पराजुली, लायन्स क्लब अफ चारआलीका अध्यक्ष जगनाथ भट्टराई लगायतले बोलेका थिए ।IMG_20240314_170305डिभिजन वन कार्यालय झापाका वन अधिकृत देबेन्द्र उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन  डिभिजन वन कार्यालयका फोरेष्टर डिल्लीराम खरेलले गरेका थिए ।