मेचीनगर । २२ महिनाको छाेरा सिद्धार्थ बाबूलाई बाेनम्याराे क्यान्सर भएपछि झापा मेचीनगर-६ काँकरभिट्टाका दिपेन बरालले छोराको उपचारमा सहयोग गरिदिन अपील गरेका छन् ।IMG_20240329_162820
इस्टमित्रको आर्थिक सहयोग र ऋण गरेको रकमले नानीको उपचार खर्च नपुग्ने भएपछि प्रेस क्लब मेचीनगरकाे कार्यालयमा पुगेर आर्थिक सहयाेग गरेर नानीलाई पुनर्जीवन दिन शुक्रबार अपिल गरेका हुन्  ।
सबैले मेरो नानीको उपचारका लागि आर्थिक सहयोग जुटाइदिन अनुरोध र अपिल गर्दछु । `म नेपाल बैंक काँकरभिट्टा शाखाको कर्मचारी हुँ । मसँग केही नभएको भने होइन । सम्पत्ति नाउँमा रहेको झापा बिर्तामोडमा १३ धुर जमिन छ । बिक्री गर्न प्रयास गरे । बिक्री हुने टुङ्गो पनि छैन । जग्गा बिक्री नभएको कारण थप समस्यामा छु । तत्काल बाबुकाे उपचार गर्न पैसा नभएकोले सबैसँग सहयाेगकाे अपेक्षा गरेकाे छु´-उनले भने।
नानीको भारतकाे भेलाेरस्थित सीएमसीमा बाेनम्याराे क्यान्सर  कक्षमा उपचार भइरहेकाे छ । अहिलेसम्म २३ लाख खर्च भइसकेकाे उनले सुनाए । बोनम्यारो प्रत्यारोपण गर्न ४२ लाख भारतीय रूपैयाँ डिपोजिट गर्न हस्पिटल ब्यवस्थापनले भनेपछि सबैमा सहयोगको अपील गरेको उनको भनाई थियो ।IMG_20240329_172737
स्थानीय समाजसेवी सागर शिवाकोटीकाे संयाेजकत्वमा `सिद्धार्थ बाबू उपचार सहयाेग समिति´ले अभियान सुरू गरेको छ । समितिमा मेचीनगरका समाजसेवी युवाहरू राजु कार्की, बिजय डाल्मिया, हरि तिम्सिना, रूपसागर अधिकारी लगायत रहेका छन् ।
समितिले नेपाल बैंक काँकरभिट्टा शाखामा सिद्धार्थ बाबू बरालको नाउँको खाता नम्बर  10610607619364000001 र फोन रकमका लागि 9852663203  तथा क्युआरमा आर्थिक सहयोग पुर्याइदिन सबैमा अनुरोध गरेको छ ।
सिद्धार्थ बाबू बरालकाे उपचारका लागि स्थानीय समाजसेवी धर्मराज घिमिरेले समितिलाई पुग्ने गरी प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई ५१ सय प्रदान गरेका छन् । मेचीनगरका सञ्चारकर्मीले पनि आर्थिक सहयोग गर्ने भएको अध्यक्ष बरालले बताए ।