पोखरा । घर माथिबाट आएको पहिरोले पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ।
कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका -१९ पुरुन्चौरका कुलबहादुर परियार बज्र परेको हो ।
गएराति ११ बजे  घर माथिबाट आएको पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा ४६ वर्षका कुलबहादुर परियार, ४३ वर्षकी मनकुमारी परियार, ८५ वर्षकी लक्ष्मी परियार र १५ वर्षकी प्रसाना परियारको मृत्यु भएको हो ।
उक्त पहिरोमा पुरिएर चितवन घर भइ पोखरा माइत आएकी २० वर्षकी प्रभा परियार र उनका श्रीमान् २५ वर्षका पश्मित परियार र अर्की एकजना महिला ५६ वर्षकी राधिका परियारको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिराले पुरिएका अन्य २ जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।