मेचीनगर । प्रेस क्लब मेचीनगरले शनिबार “फोटो-भिडियो सम्पादन” सम्बन्धी तालिम सुरु गरेको छ ।  पत्रकारिता क्षेत्रमा मोबाइलको प्रयोग अतिआवश्यक हुँदै आएपछि क्लबले आफ्ना सदस्यलाई उक्त तालिम दिएको हो ।received_841130427978405 1पहिलो चरणअन्तर्गत क्लबको कार्यालयमै फोटो तथा भिडियो सम्पादन सम्बन्धी तालिम दिएको हो । तालिममा २० बढी सञ्चारकर्मीलाई फोटो खिच्दा ध्यान दिनुपर्ने र अपनाउनुपर्ने सावधानीका बिषयमा कान्तिपुर दैनिकका कोशी प्रदेश प्रमुख पत्रकार पर्वत पोर्तेलले सहजीकरण  गरेका थिए । त्यस्तै दृश्य छायांकनमा प्रयोग गरिने मोबाइल, एप्समा प्रयोग गर्ने तरिका र पुर्ण रिपोर्ट तयारीका बिषयमा सहजीकरण गरेका थिए ।received_1538351793746310तालिमको औपचारिक कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्वअध्यक्ष मुक्ति पौडेललगायतले तालिम अत्यन्त फलदायी भएको धारणा राखेका थिए । 

त्यसै गरी सहजकर्ता पोर्तेलले आफूले तालिममा सिकेको सीपलाई सबैसामु पुर्याउने उद्देश्यले सहजीकरण गरिएको बताए  । उनले दर्शक र पाठकको अपेक्षाअनुरुप सामग्री पस्कनुपर्ने जरुरी भएको सुझाव दिएका थिए ।received_1748532642596298 1तालिम आगमी शनिबार काकरभिट्टामा सम्पन्न हुने कार्यक्रम संचालक एबम् क्लबका उपाध्यक्ष जिआर धितालले जानकारी दिए  ।डम्बर बरालको अध्यक्षतामा सुरु भएको तालिममा बिनिशा शर्माले स्वागत र उपाध्यक्ष धितालले सन्चालन गरेका थिए received_1685632242172143यसअघि क्लबले मेचीनगर–४, बाहुण्डाँगीस्थित प्रकृति पार्कमा वृक्षारोपण  गरेको थियो ।