चन्द्रगढी । मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट ओपिडि सेवाको सञ्चालमा आएको छ । वटुकहरुद्धारा स्वास्ती वाचन गर्दै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामवाबु खडकाले आज आइतवारबाट विधिवत रुपमा ओपिडि सेवाको शुरुवात हो ।
ओपिडिमा विरामीहरुको अत्याधीक चाप हुने हुँदा पहिलो चरणमा ओपिडि सेवाको शुरुवात गरीएको र क्रमश सम्पूर्ण सेवाहरु नयाँ भवनबाट सेवा दिने डाक्टर खडकाले बताए । 'आजबाट नयाँ भवनबाट ओपिडी सेवा सुरु गरेका छौ।’ भवन बनेर मात्र भएन, स्वास्थ्य सामग्री र उपकरणहरू पनि आवश्यक पर्ने देखिएको डाक्टर खडकाले बताए ।
वजेट व्यवस्थापन गरेर भए पनि पूर्णरुपमा संचालन हुनेछ ।
नवनिर्मित अस्पताल भवनको माथिल्लो तला थप्नका लागि सरकारले दुई करोड बढी बजेट छुट्टाइसकेको छ। आगामी आर्थिक वर्षमा भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खडकाले बताए ।























































