मेचीनगर । झापाको मेची नगरपालिकाको वेतिथिको विरुद्धमा रहेका ६ राजनीति दल र नगर नेतृत्वसंगको वार्ता सकारात्मक बनेको जनाइएको छ ।
नगरपालिकाले असन्तुष्ट दललाई आइतबार बिहानका लागि आह्वान गरेपछि बसेको द्विपक्षीय वार्तामा मेयर गोपालचन्द्र बुढाथोकीले ६ दलले उठाएको मागप्रती सकारात्मक बनेको पाएपछी सकारात्मक बनेको सहभागी दलका एक नेताले बताए ।
वार्तामा कुन-कुन बिषयमा सहमति गर्नेबारे नगरपालिका प्रष्ट नभएकाले निष्कर्ष वार्ताका लागि पुनः वार्ता आह्वान गर्ने भनी सहमति भएको आन्दोलनरत दल नेकपा माओवादी केन्द्रका क्षेत्रीय अध्यक्ष माधव अर्यालले जानकारी दिए ।
उनका अनुसार निर्ष्कष वार्ता बसेको दिन नगरपालिकाले सबै बुदाको मागलाई सम्बोधन नगरे पुनः वार्ता नबस्ने गरी बेतिथिविरुद्धमा आन्दोलनका कार्यक्रम निरन्तर अघि सार्नेसमेत बताए । हामीले चरणबद्द तरिकाले वार्ता बसेर सहमति खोज्ने प्रक्रियामै छौ नेता अर्यालले भने,` वार्ताको माध्यमबाटै मागको सुनुवाइ होस भन्ने हेतुले लागेका छौ । अर्को वार्ताको दिन पनि एजेन्डाको बिषयमा सहमति नगरे त्यसपछि आउने समस्याको सबै जिम्मा नगर नेतृत्वले लिनुपर्नेछ ।´
वार्तामा सहभागी दल नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर अधिकारले ६ दलले अपेक्षा गरेको बुदागत बिषयमाथि नगरको नेतृत्व गम्भीर बनेकाले पुनः वार्ताबाट सामाधान खोज्ने बताए ।
उनले अर्को वार्तासम्म सबै बिषयमाथि सामाधान गर्ने गरी वार्ता बसे त्यसपछि आन्दोलनका कार्यक्रम अघि सार्नेसमेत जानकारीअनुसार दिए ।
६ राजनीति दलले विभिन्न शीर्षकसँगै नगरको गौरवका ठुला योजनामा पनि भ्रष्टाचार र अनियमितताको आरोप लगाउँदै कार्यशैली सुधार्न मौखिक रुपमा ध्यानाकर्षण, लिखित रुपमा ज्ञापन पत्र र चरणबद्द आन्दोलनका कार्यक्रममार्फत नगरपालिकाको नेतृत्वलाई चुनौती दिदै आएको छ ।
यसअघि बसेको असन्तुष्ट दललक्षित वार्तामा नगरले सर्वदलीय रुपमा बसाएपछी बार्तामा निष्कर्षबिहिन बनेको थियो ।
वार्तामा मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेती पोख्रेल र असन्तुष्ट दलबाट नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, माओबादी केन्द्रका तर्फबाट क्षेत्रीय सभापति माधव अर्याल र नगर अध्यक्ष राजन चिमरिया, राप्रपाका बिशालकृष्ण बास्तोला, रास्वपाका तर्फबाट क्षेत्रीय अध्यक्ष भीमबहादुर कुँवर, एकीकृत समाजबादीका तर्फबाट विपी भट्टराई, जसपाका नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतको सहभागीता रहेको थियो ।























































