इलाम । नेपालमा `टिस्युकल्चर प्रविधि´बाट उत्पादन गरिएको अलैँचीकाे बिरुवाकाे बिक्री शुरु गरिएको छ । अलैँचीका बगानमा पलाएका नयाँ बिरुवा फोरेर र बिउबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट बिरुवा उत्पादनपछि बिक्री गर्न थालेको हो । IMG_20240820_151439बिउबाट बिरुवा उत्पादन गर्दै आएको अलैँची विकास केन्द्रले टिस्युकल्चर प्रविधिबाट अलैचीका बिरुवा उत्पादनपछि बिक्री गर्दैआएको केन्द्रका प्रमुख राजन परियाले बताए । नेपालमा अनुसन्धान केन्द्रले मात्रै टिस्युकल्चर प्रविधि अपनाइए पनि पछिल्लो पटक सरकारी बालि केन्द्रमा पनि प्रयोग भएको हो । बालिको मुल बोटको गुण भएको बिरुवा उत्पादन गर्ने टिस्युकल्चर प्रविधिबाट अलैंची विकास केन्द्रमा दोस्रो नर्सरी पनि सफल भएको थियो ।

चार वर्षअघि तन्तु प्रजनन् प्रयोगशालाको भवन निर्माण गरी केन्द्रले अलैँचीका बिरुवा उत्पादन थालेको थियो । अलैँचीको निरोगी बोटको छनौट गए त्यसको अंग झिकेर प्रयोगशालामा प्रविधिको प्रयोग गरी बिरुवा उत्पादन गर्ने प्रविधि नै टिस्युकल्चर प्रविधि हो । नयाँ प्रविधि भएपछि छोटो र स्वस्थ्यकर विरुवा उमार्ने भएकाले सस्तो मूल्यमा किसानलाई बिरुवा बितरण गर्ने लक्ष्य रहेको केन्द्रका प्रमुख परियाले बताए ।IMG_20240820_150753अलैँचीको उत्पादन, प्रशोधन र बजारीकरणको काम गर्दै आएको नेपालको एक मात्र अलैँची विकास केन्द्रले तन्तु प्रविधिबाट अहिलेसम्म ९ हजार बढी बिरुवा बिक्री गरेको छ । माउ बोटबाट अंग झिकेर टिस्युकल्चर प्रविधिबाट उत्पादन भएको बिरुवा उत्पादन गर्न समयका हिसाबले कम खर्चिलो हुन्छ ।

तन्तु प्रविधिबाट बिरुवा उत्पादनको काम सफल भएपछि किसानलाई आर्थिक वर्ष २०७९।०८० बाट वितरण शुरु गरेको थियो । अलैंचीको बिऊबाट बिरुवा उत्पादन गर्दा ३६ महिना लाग्छ भने तन्तु प्रविधिबाट १८ महिनामै राप्न योग्य र उत्पादन पनि राम्रो हुने प्राविधिक देवदास दहितले बताए । टिस्युकल्चर प्रविधिबाट उत्पादित बिरुवामा खर्च समेत कम हुने गरेको छ । प्रविधिको उच्चतम प्रयोग गरी किसानलाई वितरण गर्ने लक्ष्य अलैंची विकास केन्द्रको छ । नर्सरी विस्तारका लागि एक हजार विरुवा गत वर्ष बिक्री गरिएको संस्थाले जनाएको छ ।