बैतडी । धनगढीबाट बैतडीको दोगडाकेदार गाउँपालिका कफलकोट गइरहेको मिनी ट्रक पल्टिँदा सवारी धनी जगदीशको घटनास्थलमै मृत्युु भएको हो ।

सुपप्र ०२ ००१ ख ०७३४ नम्बरको मिनी ट्रक कफलकोट नजिकै बिहीबार बेलुका ७ बजे दुर्घटनामा परेको हो । सवारीधनि जगदीशको घटनास्थलमै मृत्युु भएको हो । यस्तै ट्रक चालक अम्मर अवस्थी र सहचालक राजेन्द्र राना दुर्घटनामा परेर घाइते भएका छन्।

दुर्घटनमा घाइते दुबैजनाको जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ। सरिया र सिमेन्ट बोकेको मिनिट्रक अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त मिनिट्रक सढकबाट ६० मिटर तल खसेको छ।  घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।