एजेन्सी । रुसले युक्रेनमा दोस्रो दिन पनि शृङ्खलाबद्ध हवाई आक्रमण गरेको छ। युक्रेनी वायुसेनाका प्रमुखका अनुसार अहिलेको हमला रुसी सेनाले अहिलेसम्म युक्रेनमा गरेको सबैभन्दा भीषणमध्ये एक हो।

रुसले युक्रेनका आधाभन्दा बढी क्षेत्रहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको छ। रुसी आक्रमणबाट ऊर्जा उत्पादन गर्ने पूर्वाधारहरूमा क्षति पुगेको छ।

आक्रमणमा परेर कम्तीमा सात जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस घाइते भएका छन्।

युक्रेनी वायुसेनाका प्रमुख मिकोला ओलेश्चुकले मस्कोले प्रहार गरेका १२७ मध्ये १०० वटा क्षेप्यास्त्र र उत्तिकै परिमाणमा ड्रोनहरूलाई खसालिएको दाबी गरेका छन्।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले उक्त हमलाले त्यस्ता ड्रोन र क्षेप्यास्त्र झार्नका लागि किएभ र उसका साझेदारहरूले हवाई प्रतिरक्षाबारे एउटा साझेदारी गर्नुपर्ने देखिएको बताएका छन्।

रुसले ऊर्जा पूर्वाधारहरूलाई क्षेप्यास्त्र हमलामा निसानामा परेको थियो। त्यहाँ एक महिलाको मृत्यु भएको र अन्य पाँच जना सम्पर्कविहीन भएको स्थानीय सैन्य प्रशासनका प्रमुख ओलेक्सान्डर भिल्कुलले टेलिग्राममा बताएका छन्।

रुसले प्रयोग गरेको बायुउडान भनेपनी त्यसको उडानको मार्ग र गति हेर्दा त्यो क्षेप्यास्त्र भएको सैनिक प्रवक्ता यात्सेक गोर्जोस्कीलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ।

नेटोका प्रवक्ताले युक्रेनमाथिको आक्रमणको निन्दा गर्दै नेटोको हवाई क्षेत्रको रुसले उल्लङ्घन गर्नु गैरजिम्मेवारपूर्ण र खतरा हुने खालको रहेको बताएको उक्त समाचारसंस्थाले उल्लेख गरेको छ।