काठमाडौं । बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन्। 

बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले सोमबार आफ्नो शरीरमा आगो लगाएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन्।

सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको काठमाडौँस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।