काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ (टीआरसी) प्रमाणीकरण गरेका छन्। संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) बाट पारीत भएको टीआरसी विधेयक राष्ट्रपति पौडेलले बिहीबार  प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।IMG_20240829_172747प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुधबार सो विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए। गत साउन ३० मा प्रतिनिधिसभाबाट पारित भएको विधेयक गत भदौ ६ गते राष्ट्रिय सभाले पारित गरेको थियो। 

राष्ट्रपतिबाट प्रमाणीकरण भएकाले अब विधेयकले कानुनको मान्यता पाउनेछ।