इलाम । विस्फोटक पदार्थ पड्किँएर दुई जना बालकको मृत्यु भएको छ । दुई जना घाइते भएक छन् । पाँचथर फालेलुङ-५ को डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका बालकमध्ये दिप्सन सावाँको बिहीबार राति बीएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुई वर्षका प्रियसा साँवाको उपचारका क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएका छन् ।
पाँचथरका प्रहरी प्रमुखका अनुसार बिहीवार डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्केको हो ।
घाइते ११ वर्षका पवन राई र दिप्सन राईको अवस्था भने सामान्य रहेको छ । कस्तो विस्फोटक पदार्थ के हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ । अन्य विस्फोटक पदार्थ रहेको आशङ्कामा राति देखिनै उक्त क्षेत्र सिल गरेर राखिएको प्रहरीले जनाएको छ ।






















































