बिर्तामोड । झापाको बिर्तामोडमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएको छन् ।
मुख्य राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम बस स्टेण्डतर्फ जादै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसले ठक्कर दिँदा मोटरसाइकल चालक इलाम माई नगरपालिका- ४ गैरीगाँउका ३६ बर्षिय ठिरप्रसाद सुवेदी र पछाडी सवार सोही स्थानकी ३० बर्षिया तुलसा पाँचकोटी घाइते भएका इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी प्राप्त भएको थियो ।
जानकारी पाएसँगै तत्काल इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घाइतेहरुलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको थियो ।
अस्पताल पुर्याउन साथ मोटरसाइकल पछाडी सवार तुलसा पाँचकोटीको मृत्यु भएको र मोटरसाइकल चालक सुवेदी सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ ।























































